2026-11-23 05:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै

2026-11-23

काठमाडौँ | पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा कुनै नयाँ विषय नरहेको र यो सामान्य नियमित भ्रमणभन्दा बढ्ता केही हुन नसकेको टिप्पणी गरेका छन् । भ्रमणका क्रममा देशको वास्तविक प्राथमिकताका विषयहरू नै नसमेटिएको उनको भनाइ छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा प्रतिक्रिया दिँदै खनालले विगतमा शाहले राखेको ‘ग्रेटर नेपाल’को नक्सा नितान्त एउटा लहड र जनता झुक्याउने कुरा मात्रै रहेको अहिलेको भ्रमणले प्रमाणित गरेको बताए । नेपाल–भारतबीच सिमानाको ठुलो समस्या रहँदा–रहँदै मोदीले सिमानामा बाटो बनाएर उद्घाटन गरेको भनी सामुन्नेमै व्याख्या गर्दा प्रधानमन्त्री शाहले आनन्द मानेर सुनेको खनालको आरोप छ ।

‘भैँसीलाई कनाउँदा भैँसीले जुन आनन्द मान्छ, त्यस्तै गरेर यिनले सुने,’ खनालले भने, ‘नेपालको राष्ट्रियताको सम्बन्धमा कुनै कुरा उठाउने कुरै भएन ।’

सामान्य लेनदेनबाहेक भ्रमणबाट आम नागरिकले अपेक्षा गरेजस्तो कुनै नयाँ उपलब्धि प्राप्त नभएको खनालले उल्लेख गरे । ऋणको विषय पहिलेदेखि नै चलिरहेको र विगतमा दिन्छु भनेर पनि लामो समयसम्म नदिइएको स्मरण गर्दै उनले अहिले ठुलो विपत्ति गएको सन्दर्भमा घोषणा भए पनि त्यो ऋण हो वा त्यसमा अनुदानसमेत छ भन्नेबारे स्पष्ट व्याख्या नआएको बताए । भ्रमणका लागि नेपालको तर्फबाट कुनै राम्रो तयारी नै नभएको खनालको टिप्पणी छ । देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा एक्लै वा एउटा गुट मात्र नभई सिंगो देशको प्रतिनिधि भएर जानुपर्नेमा उनले जोड दिए । तर, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कूटनीतिज्ञ, बुद्धिजीवी र विशेषज्ञहरूसँग सरसल्लाह नगरी तथा सर्वमान्य एजेन्डासमेत नबनाई शाह एउटा गुटको प्रतिनिधित्व गरेर भारत गएको खनालको आरोप छ । ‘त्यसले गर्दा त्यही गुटको हैसियतअनुरूपको विषयबाहेक उनले अरू केही पनि प्राप्त गर्न सकेनन्,’ उनले भने ।

विगतका अभ्यास तोड्ने नाममा प्रधानमन्त्री शाहले संविधान, नेपालका स्थापित परम्परा, मूल्य–मान्यता र नियमहरू तोडिरहेको खनालले आरोप लगाए । प्रधानमन्त्रीले गर्नै नमिल्ने नाजायज कामहरू भइरहेको दाबी गर्दै उनले यसपटकको भ्रमण परम्परा तोड्ने खालको नभएको स्पष्ट पारे । ‘यो परम्परा तोड्ने होइन, सबैभन्दा पहिला भारत भ्रमण गर्ने त्यही पुरानै परम्पराको निरन्तरता हो, खनालले भने, ‘नियमित प्रक्रियामा रहेका अपर्याप्त एजेन्डाहरूमा त्यति कुरा गरेर आउने काम त सामान्य परराष्ट्रमन्त्री पठाएर वा अरू कुनै ढंगले पनि हुने कुरा नै हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै बालेन शाहको भारत भ्रमणमा आठ विषयमा समझदारी प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ: प्रधानमन्त्री शाह पत्रकार सम्मेलनमा वालेनले गरे नेपाली भाषमा सम्बोधन नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड इटहरी मुख्य चोकमा गुडिरहेको कारमा भीषण आगलागी हैदराबाद हाउसमा बालेन–मोदी भेटवार्ता सुरु दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै लगातार घटेको सुनको मूल्यमा एकाएक उछाल, तोलामा ४ हजार ८ सयले वृद्धि भारतमा प्रधानमन्त्री बालेनलाई राजकीय सम्मान जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो