2026-11-23 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

2026-11-23

काठमाडौँ | उपचारको क्रममा गर्भवती युवतीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले सर्लाहीको बरहथवामा रहेको नगर अस्पतालमा तोडफोड र आगजनी गरेका छन् । आइतबार राति बरहथवा नगरपालिका–५ हातीढुंगा पानीटंकी टोल बस्ने रुपेश रामकी श्रीमती ९ महिनाकी गर्भवती करिब २१ वर्षीया सीमा राम देवीको उपचारको क्रममा मृत्यु भएपछि नगर अस्पताल बरहथवामा आगजनी तथा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गर्भवती सीमा बिरामी परेपछि आइतबार उनलाई उपचारको लागि आफन्तले नगर अस्पताल पुर्‍याएका थिए। उपचारको क्रममा उनको अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारको लागि वीरगन्ज रेफर गरेका थिए । वीरगन्ज लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारमा डाक्टरले लापरबाही गर्दा उनको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयवासीले नगर अस्पतालमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनी र तोडफोडबाट अस्पतालको इमरजेन्सी कक्षमा ठुलो क्षति पुगेको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा आगजनी नियन्त्रणमा लिएपनि इमरजेन्सी कक्षमा धेरै नै क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा बरहथवा–५ का ३३ वर्षीय राजेश कुमार महरा, २१ वर्षीय रोहन महरा, रौतहटको गजुरा नगरपालिका–९ सिमरा बस्ने ४२ वर्षीय भुसेनी महरा र उनका छोरा २० वर्षीय राजन राम छन् । आगजनीबाट अस्पतालमा झण्डै तीस लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अस्पतालमा पेट्रोल छर्केर आगो लगाउने र तोडफोड गर्ने कार्यमा सोही अस्पतालमा कार्यरत कर्मचारी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि संलग्न रहेका प्रहरीले जनाएको छ । घटनापछि उनीहरू फरार छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहको भारत भ्रमणमा आठ विषयमा समझदारी प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ: प्रधानमन्त्री शाह पत्रकार सम्मेलनमा वालेनले गरे नेपाली भाषमा सम्बोधन नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड इटहरी मुख्य चोकमा गुडिरहेको कारमा भीषण आगलागी हैदराबाद हाउसमा बालेन–मोदी भेटवार्ता सुरु दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै लगातार घटेको सुनको मूल्यमा एकाएक उछाल, तोलामा ४ हजार ८ सयले वृद्धि भारतमा प्रधानमन्त्री बालेनलाई राजकीय सम्मान जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन