
काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । दुईदिने राजकीय भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।
राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो । यस क्रममा प्रधानमन्त्री बालेन र भारतकी राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता हुनेछ।