
काठमाडौँ | दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाह र राष्ट्रपति मुर्मुबिच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबिच विभिन्न समझदारी गरेपछि राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । मुर्मुसँगको भेटपछि समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका छन् । प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डल भ्रमण सकेर आजै साँझ स्वदेश फर्किँदैछ ।