पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

2026-09-19 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारसँग अन्तरक्रिया

पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

निर्वाचन र संचार विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरी आगामी मंसिर २१ गते हुने निर्वाचनका विषयमा छलफल थियो ।

निर्वाचनका क्रममा हुने विभिन्न गतिविधिहरुको सत्यतथ्य सूचना संकलन गरी प्रसारण गर्न निर्वाचन आयोगले संचारमाध्यमको ध्यानाकर्षण गराएको छ । 

निर्वाचनको बेलामा राजनीतिक दलहरुबाट हुने आचारसंहिता उल्लंघनका घटनाहरुको विषयमा सजग रही खबरदारी गर्न र पत्रकारहरुले पनि आचारसंहिताको पालना गर्न आगं्रह गरेको छ ।

जिल्ला न्यायधिस एवं प्रमुख निर्वाचन आयुक्त ध्रुवप्रसाद सापकोटाले निर्वाचन आचारसंहिता सवैले पालना गर्नुपर्ने बताए ।

आचारसंहिता राजनीतिक दल, कर्मचारी, उम्मेदवार, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार सवैलाई लाग्ने भएका कारण सवैले यसको पालना गर्नुपर्ने उनको जोड थियो । उनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान गर्न नागरिकले पाउनुपर्ने अधिकारलाई ध्यानमा राखि सोही अनुसार तयारी भएको समेत बताए ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा तीन सुरक्षा निकाय परिचालन गर्ने तयारी भैराखेको बताए । 

जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई चुस्त बनाउनको लागि सरोकारवाला निकायसँग समन्वय भएको र सोही अनुसार सुरक्षा निकाय परिचालन गर्ने तयारी भएको उनले बताए ।

अहिले प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । आवश्यक परे      नेपाली सेना पनि परिचालन हुन्छ उनले भने ।

निर्वाचनलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनको लागि पत्रकाहरुको महत्वपूर्ण भूमिका       रहेको बताउदै निर्वाचन अधिकृत लक्षु शर्माले निर्वाचनको प्रचारप्रसारमा सवै लाग्नुपर्ने बताए । 

स्थानीय तहको निर्वाचनमा पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि सफल बनाउन सवै लाग्नुपर्ने बताए ।

सो कार्यक्रममा निर्वाचन आचारसंहिता, उम्मेदवार चयन र आगामी प्रदेश र प्रतिनिधिसभा गठनको प्रक्रिया, पत्रकार      आचारसंहिता लगायतका विषयमा छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो