पर्वत । पछिल्लो समयमा नीजि विद्यालयहरुले मनपरी रुपमा शूल्क लिने गरेका छन् । यस विषयमा ठूलो बहस भएपनि नीजि तथा आवासिय विद्यालयहरुले आफ्नो मनपरीतन्त्रलाई छोड्न भने सकेका छैनन् ।

 शिक्षा ऐन विपरित जिल्लामा अधिकांश नीजि वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पछिल्लो समयमा नीजि विद्यालयहरुले मनपरी रुपमा शूल्क लिने गरेका छन् । यस विषयमा ठूलो बहस भएपनि नीजि तथा आवासिय विद्यालयहरुले आफ्नो मनपरीतन्त्रलाई छोड्न भने सकेका छैनन् ।

 शिक्षा ऐन विपरित जिल्लामा अधिकांश नीजि वि"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नमूना उमावि कुश्माको कालोधन्दाको रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा पुगेपछि…प्रमाणसहित

६ मंसिर २०७४, बुधबार ०२:२९

पर्वत । पछिल्लो समयमा नीजि विद्यालयहरुले मनपरी रुपमा शूल्क लिने गरेका छन् । यस विषयमा ठूलो बहस भएपनि नीजि तथा आवासिय विद्यालयहरुले आफ्नो मनपरीतन्त्रलाई छोड्न भने सकेका छैनन् ।

 शिक्षा ऐन विपरित जिल्लामा अधिकांश नीजि विद्यालयहरु संचालनमा छन् तर ती विद्यालयहरु कारवाहीमा पर्लान् भन्दा उल्टो सम्मानीत भएका घटनाहरु हाम्रो सामु छन् ।

नियगमन निकायका कर्मचारीहरु शैक्षिक माफियाहरुको संरक्षणमा नलागेका पनि होइनन् । शैक्षिक माफियाको संरक्षणमा जिल्ला शिक्षा कार्यालयकै कर्मचारीहरु लाग्ने गरेको घटनाहरु जिल्लाको लागि कुनै नौलो होइन । आफ्ना छोराछोरी निशुल्क नीजि विद्यालयमा पढाउने, तीनै विद्यालयबाट उल्टो कमिशन लिने र अबैध कार्य गरेपनि चुप लागेर बस्ने नियगमन निकायसँग उजुरी गर्नुको कुनै अर्थ र औचित्य पनि छैन ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

कारवाही होलाभन्दा उल्टो सम्मान र पुरुस्कृत हुन्छन् त्यसैले त जिल्लामा नीजि विद्यालयहरुले आफ्नो धन्दा खुलेआम संचालन गरेका छन् । न त उनीहरुलाई जिल्लाका सरोकारवाला निकायको भयनै छ न त अभिभावकको । खल्तीमा गाँठ भरिदिए र छोराछोरी निशुल्क पढाइदिए मख्ख पर्ने नियगमनका कर्मचारीकै कारण पर्वतमा  नीजि विद्यालयहरुले मनपरीतन्त्र लाद्ने काम गरिहेका छन् । त्यसैले अभिभावकहरु गुहार माग्नको लागि आधुनिक प्रविधिसँगैको हेलो सरकारमार्फत प्रधानमन्त्री कार्यालयसम्म आफ्नो बेदनाका पोका लिएर पुग्न बाध्य भएका छन् ।

सदरमुकाम कुश्मामा संचालित नमुना आवसिय उच्च मावि विरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी दर्ता भएको छ । मनपरी रुपमा शुल्क बृद्धि गर्ने र विद्यालयले दिने प्रमाणपत्रमा समेत मोटो रकम लिने गरेको आरोप सहित प्रधानमन्त्रीको कार्यालयसम्म यो खबर पुगको हो ।

जिल्लामा रहेको नियगमन निकायसमेत भ्रष्टाचारको चंकुलमा बसेको छ । गतबर्षमात्रै जिल्ला शिक्षा कार्यालयमाथि दर्जनौ भ्रष्टाचारका उजुरीहरु परेका छन् । यसले पनि के अनुमान लगाउन सकिन्छ भने जिल्लामा लुट्नेहरुको राज बढी छ । जनताको गुनासो सुन्ने कोहि पनि छैन ।

 नमूनाले परिक्षा नियन्त्रण कार्यालयले तोके भन्दा दोब्बर शुल्क असुलेर विद्यार्थीहरुको परीक्षा लिएपछि अभिभावकहरुले उजुरी दर्ता गरेका हुन् । विद्यार्थीहरुले कक्षा उत्रिण गरेपछि दिईने प्रमाण पत्रको मुल्य पनि नियन्त्रक कार्यालयले तोके भन्दा दोब्बर मुल्यमा विक्रि गरेको भेटिएपछि छावीन थालिएको छ । प्रतिविद्यार्थी विद्यालयले दिने प्रमाणपत्रको मुल्य चार हजार मागेको पत्रमा उल्लेख गरिएको छ ।

शिक्षा विभाग शासकीय सुधार तथा आन्तरीक गुणस्तर शाखा सानोठिमी भक्तपुरले  चं नं ६७ (ग.६०) पत्रमार्फत छानविन गर्नको लागि जिल्ला शिक्षा कार्यालय पर्वतलाई निर्देशन दिएको छ । सो पत्रमा एसइइ चारित्रिक प्रमाणपत्रमा चार हजार माग गरेको र सत्य भए कारवाही गरी विभागमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यता विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रीले पं्रमाणपत्र बापत चार हजार रुपैयाँ लिएको स्वीकार गरेका छन् । उजुरी कर्ताले विद्यलायललाई तिर्नुपर्ने सेवा शूल्क समेत अझै नतिरेको भन्दै खत्रीले अरुले पनि लिने गरेको र आफूले पनि लिएको बताएका छन् ।

चार हजार हामीले मात्रै होइन अरु विद्यालयले पनि लिन्छन् । र लिइरहेका छौं । योभन्दा अरु मेरो केहि भन्नुछैन उनले भने । सो विद्यालयमा झण्डै ९ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जिल्ला शिक्षा अधिकारीले सम्बन्धीत विद्यालयसँग जवाफ मागिसकेको बताएका छन् । उनले नमुना आवाशिय मावि विरुद्ध उजुरी परेको पत्र प्राप्त भएपछि सात दिनको म्याद दिएर जवाफ मागेको बताएका छन् । 

गत शैक्षीक शत्रको एसइई उत्रिण गरेका ४२ विद्यार्थीबाट शैक्षिक योग्यताको प्रभाण पत्र उपलब्ध गराउँदा विद्यालयले अतिरिक्त शुल्क लिएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली