2026-09-19 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

ऐतिहासिक जौलजीवि मेलामा ब्यापारको लागी जुम्लाको घोडा दार्चुलामा

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ६, दार्चुला । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको मालसमान ब्यापार भएको छ । 

धार्मिक, सांस्कृतिक संगै व्यापारिक रुपमा महत्तपुर्ण मानीने मेलामा नेपाल भारत र चिनगरी तीन देशको सामान र संस्कृति देख्न पाइन्छ । 

स्थानिय बजारको तुलनामा केहि सुपथ मुल्यमा समानहरु पाइने भएकालेपनि दार्चुला, बैतडी लगायत शुदुर नेपालका केहि जिल्लाहरु, भारतको उत्तराखन्डका ब्यापारी र ग्राहकहरुको जौलजिबिमा घुइचो लाग्ने गरेको छ । 

पुर्खाैदेखी ब्यापारको लागी चिरपरिचित यो मेलाको महत्व अझै नघटेको स्थानिय जानकारहरुले बताउने गरेका छन । मेलाको लागि एक हप्ता पहिले तीब्बत लगायत नेपाल भारतका विभिन्न क्षेत्रबाट व्यापारी जौलजीवि पुगेर ब्यापार गरीरहेका छन । 

त्रीदेशीय सीमा कैलाश मार्गमा नेपाल भारत भएर बग्ने काली र गोरी नदीको संगमस्थलमा हरेक बर्ष लाग्ने मेलामा हजारौ दर्शक, ब्यापारी र ग्राहकहरुको घुइचो लाग्ने गरेको छ । व्रिटिश शासन कालमा अस्कोट पाल बंशवालीबाट यो मेला शुरु भएको किम्बंदन्ती छ । 

काली र गौरीको दोभानमा लाग्ने यो मेलामा प्राचिन समयमा टाढाबाट व्यापारीहरु नआउने भएपनि १९१४ मा तत्कालीन अस्कोटका राजा गजेन्द्र बहादुर पालले जौलजीवि ब्यापार मेलाको सुरुवात गरेको इतिहास छ । 

शुरुमा भारतका काशीपुर, रामनगर, मुरादाबाद, बरेली लगायतका व्यापारी बोलाएर मेला शुरु गरेको पाल बंशावलीमा उल्लेख छ । त्यसपछि मेलाको विस्तार हुँदै तिब्बतीयन व्यापारी सँग सम्पर्क हुँदै हाल आएर तीनै देशमा पाइने सामानहरु जौलजीवि मेला अवधिभर देख्न र किनबेच गर्न पाइन्छ । 

मेलामा ब्यापार गर्नकोलागी परापूर्व कालदेखि नै हरेक बर्ष हुम्ला, जुम्ला, बाजुरा, बझाङ लगायत हिमाली जिल्लाहरुबाट सयौ घोडाहरु जौलजिबि ल्याइने गरेका छन । दार्चुला, बैतडि र उत्तराखन्ड भारतको भु भाग ग्रामिण सडक सञ्जालमा नजोडिदासम्म बर्षेनी सयौ घोडाहरुको मेलामा ब्यापार हुदै आएको मा अहिले घोडाहरुको ब्यापार ह्वात्तै घटेको जुम्लाका ब्यापारी जयकृष्ण धरालाले बताउँनुभयो । 

यो बर्षको मेलाकालागी भनेर जुम्ला, बाजुरा र बझाङ जिल्लाबाट ७५ घोडाहरु ल्याइएको भएपनि खासै ब्यापार हुन नसकेको ब्यापारीहरुले बताएका छन । घोडाहरु हेरेर ५० हजारदेखी १ लाख ५० हजारसम्म बिक्रि गर्ने गरेको ब्यापारी धरालाले बताउँनुभयो ।

केहि बर्ष पहिले जौलजिबि मेलामा मानिसहरु टाढाटाढाबाट समेत घोडाहरु किन्न र हेर्नकोलागी आउने गरेकोमा बिस्तारै सडकसञ्जालले ग्रामिण बस्तीहरु सुगम बनाउँन थालेसंगै घोडाहरुको महत्त र प्रयोगमा गिरावट आउन थालेको छ । यद्धपि घर फर्कीनेबेला शुदुरपहाडका बस्तीहरुमा घोडाहरुको ब्यापार हुनेमा ब्यापारीहरु आसाबादी देखीन्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई