Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ मंसिर ०६ गते, दिउँसो २:१७ बजे धादिङ्ग - DHG, समाज

धादिङबाट डिटोनेटरसहित एक जना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, धादिङ । नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ ।

थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक राबहादुर केसीले जानकारी दिनुभयो ।

वाम गठबन्धनको संयुक्त सभा क्षेत्र नजिकैबाट विप्लवका कार्यकर्ता थाक्रे गाउँपालिका–७ निवासी ३७ वर्षीय कृष्ण खतिवडालाई गिरफ्तार गरिएको हो । बम विस्फोट गराउन योजना गरिएको जुंगेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उम्मेदवार र चुनावीसभालाई विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षाकर्मी परिचालन गरी सुरक्षा दिने प्रवन्ध मिलाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

धादिङ जिल्लामा यसअघि विप्लवका पाँच कार्यकर्तालाई चुनावी सुरक्षाअन्तर्गत पक्राउ गरी प्रहरी हिरासतमा लिइएको थियो । रासस