२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा देखाईयो निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक

२०७४, ६ मंसिर बुधबार १२:१७

चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमुखी शिक्षा दिने उद्देश्यले दिक्तेलमा सडक नाटक मञ्चन गरिएको छ । 

निर्वाचन आयोग नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको आयोजना तथा राष्ट्रिय नाचघर र गुरुकुल नाट्य समुहको संयोजकत्वमा भञ्र्याङ नाट्यमञ्च नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौले सदरमुकाम दिक्तेलको त्रिवेणीचोकमा बुधवार नाटक प्रस्तुत गरेको हो ।

प्रतिनिधि तथा प्रदेशसभाको चुनाव स्थानिय तहको जस्तो नहुने र निर्वाचनमा एक भोटको पनि अति महत्वपुर्ण हुने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो । मंसिर १० गते आईतवार भोट लगाउँदा कसरी लगाउने, पट्याउने, मसी लतपतिन नदिन के गर्ने, प्रतिनिधि, प्रदेशसभा, समानुपातिक मतपत्रका रंग र साईजका वारेमा नाटकले उपस्थित सर्वसाधरणलाई शिक्षा दिएको थियो ।


सोलुखुम्बुमा ४ र ओखलढुंगामा ५ स्थानमा सोही नाटक देखाएर मंगलवारदेखी खोटाङ छिरेको नाट्य समुहले माक्पा, सप्तेश्वर, खार्पा र दिक्तेलमा नाटक प्रर्दशन गरेको भञ्र्याङ नाट्यमञ्च नेपालका केन्द्रिय सदस्य तथा सांगितिक विभाग प्रमुख यसकुमार राईले बताए । 

आठ जना कलाकारले मञ्चन गर्ने निर्वाचन सम्बन्धी जनचेतनामुलक सडक नाटक विहीवार साकेला गाउपालिकास्थित मात्तिममा मञ्चन गरिने आयोजकले जनाएको छ । 

दिक्तेलको त्रिवेणीचोकमा नाटक देखाउँदै भञ्र्याङ नाट्यमञ्च नेपालका कलाकार । तस्विर: चिसाङ शेर्पा, खोटाङ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित