१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा मदिरामा बिक्रीवितरणमा पुर्ण प्रतिबन्ध

७ मंसिर २०७४, बिहीबार १३:५५

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि मङ्सिर ४गते देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईएको छ ।

मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा सोमवार देखि मंसिर १२ गते र मंसिर २१ देखि २५ गतेसम्म पुर्ण प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी  उमाकान्त अधिकारीले जानकारी दिए । 

निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताहरुले मदिरा सेवन गरि हो हल्ला गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने भएकाले यसमा सवै राजनितीक दल सचेत हुनु पर्ने नेपाली पत्रकार महासंघ मुगु शाखाका अध्क्षय नृपेन्द्र बहादुर मल्लले बताए । 


निर्वाचनलाई लक्ष्यीत गरि मदिरा बेच विखन , ओसार पसार तथा सेवनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णयलाई सधै भरि कायम राख्नु पर्ने तथा यसका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिए । 

सोमवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा गरिएको अन्र्तक्रियामा राजनितीक दल, उद्योग बाणिज्य संघ, होटेल, पसल व्यवसायि ,सञ्चारकर्मि लगायतको सहभागिता रहेको थियो । अन्र्तक्रिया पछि मदिरामा पुर्ण प्रतिबन्ध लगाउने निर्णयको उलंग्घन गर्नेलाई हदैसम्मको सजाय गरिने स्थानीय प्रशासनले जनाएको छ ।

यता मुग उद्योग बाणिज्य संघ मुगुले एक सावजनिक सूतना निकाली सदरमुकाम गमगढी लगाएत जिल्ला भरी रहेका ब्यापारी, पसल, होटल र स्थानिय  घरेलु मदिरा उत्पादन गर्ने र बेचबिखन गर्ने ओसार पोसार गर्ने ब्याक्त्ती फम धनिहरुलाई प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नसकिन्जेल सम्म मदिरा कारोवार नगनुहुन अनुरोध समेतको सार्वजनि सुचना जारी गरेको  मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले जनाएका छन । भने बिगतका दिनहरु भन्दा हिजोआज बजारमा मदिरा सेवन गर्ने र बेचबिखन गर्नेहरुको संख्या कम भएको छ 


जिल्ला प्रहरी कार्यालयमा जिल्लामा रहेका ब्यापारी उद्योगी,पसले,होटल मालिकहरु र अन्य जिल्लामा रहेका सरोकारवालाहरु बिच मदिरा नियन्त्रण सम्बन्धी छलफल गदौ । फाटो दान बहादुर बुढा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण