Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धक्क भएर भोट हाल्न जानुहोस: गृह मन्त्रालय

२०७४, ९ मंसिर शनिबार १३:२७

मङ्सिर ९, काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । 

निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्नको लागि आवश्यक पर्ने सुरक्षा जनशक्तिको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको हो । 

शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको परिचालन गरिएकोले निर्धक्क भएर भोट हाल्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगको ढाँचा अनुरुप गृह मन्त्रालयले तीन तहको सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो । 


निर्वाचनको समयमा कुनै अप्रीय घटना घटेमा १० मिनेट देखि ३० मिनेटमा क्वीक रेस्र्पोन्स टीम घटनास्थल पुग्ने व्यवस्था गरिएको मन्त्रालयको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ६४ हजार नेपाली सेना, ६८ हजार ६ सय ७८ नेपाल प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ म्यादी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । 

निर्वाचनको समयमा सुरक्षा निगरानीको लागि दिनभर सरकारी र निजी हेलिकप्टरबाट पनि गस्ति गरिने गृह मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश