११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिवियोगमा परेकी बिना मगरको भावुक प्रेस विज्ञप्ति यस्तो छ (बिज्ञप्तिसहित)

९ मंसिर २०७४, शनिबार १६:४१

मङ्सिर ९, कञ्चनपुर । पतिशोकमा रहेकी बिना मगर आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेकी छन् । 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र तथा आफ्ना श्रीमान प्रकाश दाहालको असामयिक निधनपछि आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर– १ का सबै निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरु स्थगित गरी काठमाडौं फर्किएकी थिइन् ।

बिना कञ्चपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार छिन् । चुनाव प्रचारका क्रममा जिल्लामा रहेको समयमा मंसिर ३ गते पति साकार दाहाल “प्रकाश” को काठमाडौंमा हृदयघातबाट निधन भएको थियो । बिनाले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भावुक प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।

“निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा मेरा लागि ठूलो चोट थियो । यो पीडामा मनलाई सम्हाल्दै चुनावमा होमिनु कठिन थियो । 

तर, अध्यक्ष क. प्रचण्डले भनेझैं हामी समृद्ध नेपालको ऐतिहासिक अभियानमा अघि बढेको बेला हामीमाथि आइपरेको व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस ग¥यौं । यही जिम्मेवारीबोधले परिवारमा घटेको अकल्पनीय दुर्घटनालाई हामीले शक्तिमा बदल्ने संकल्प लिन सक्यौं ।”

बिनाले दुःखद क्षणमा आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पूरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाइ, सञ्चारकर्मी र माया गर्ने बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा कृतज्ञता र धन्यवाद प्रकट गरेकी छन् । 

उनले भनेकी छन्, “मैले आफ्नो राजनीतिक यात्राको क्रममा सुख र दुःखमा सधैं तपाईहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । 

यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईहरूमाझ फर्किएकी छु ।”

बिनाले पतिशोकमा परेको बेला सम्हालिन गाह्रो भए पनि कञ्चनपुरवासीको सद्भाव र क. प्रचण्डको निर्देशनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको बताएकी छन् । 

तर यस्तो दुःखको समयमा आफू पहिले जस्तो गरी सशक्तरुपमा चुनावी मैदानमा उत्रिने अवस्था नरहेकाले त्यसलाई बुझेर सहजरुपमा लिई थप सहयोगको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्ति हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री