2026-07-04 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो, मतदान गर्नेमा महिला धेरै

2017-11-26

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १०, ओखलढुंगा । ओखलढुंगामा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा ६५ मत खसेको हो । जिल्लामा ७८ स्थल अन्तरगत १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको मंगलबारे मतदान केन्द्रबाट ७४ प्रतिशत र सबै भन्दा कम सुनकोशी गाउपालिकाको बलखु स्थित आरुभञ्ज्याङ मतदान केन्द्रमा ४७ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।


सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नेमा महिलाको संख्या बढि छ । मतदान गर्ने कुल मतदाता मध्ये ३२ हजार महिला छन् भने २९ हजार पुरुष छन् । ओखलढुंगामा १ लाख २ हजार २ सय ६३ जना मतदाता थिए ।

जिल्लामा छिटफुट घटना मध्ये शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनका अनुसार मतदान केन्द्रबाट मतपेटिकाहरु सुरक्षा कर्मीको निगरानीमा सदरमुकाम ल्याईदैछ । जिल्लाबाट टाढा रहेका मतदान केन्द्रका मतपेटिकाहरु भने भोली बेलुका सम्म जिल्ला आईपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै