१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार आर्थिक सहयोग

११ मंसिर २०७४, सोमबार १४:३७

चिसाङ शेर्पा/मंसिर ११, खोटाङ । एम्बुलेन्स खरिद अभियान हौंचुरलाई अष्ट्रेलियाबाट ८० हजार रुपैया सहयोग प्राप्त भएको छ । 

लामिडाडाँ गाउँपालिका ६ हौंचुरद्धारा सञ्चालित ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई सोही स्थान पोखरी २ का अमृत गुरुङले आईतवार अष्ट्रेलियादेखी उक्त रकम हौचुर पठाउने बचन दिएका छन् ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका गुरुङले एम्बुलेन्स खरिद अभियानलाई टार्गेट गर्दै बिगत समययता हौंचुरवासी खोटाङगे, गैर खोटाङगेबाट सहयोगार्थ संकलित रकमलाई बिदाका दिन आईतवार साथीभाई भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेका थिए । संकलित रकमलाई एम्बुलेन्स सेवा समिति हौचुरलाई तत्काल पठाउने अभियानकर्ता गुरुङले बताउनुभयो । 

स्थानीय गजेन्द्र राईको संयोजकत्वमा गठित समितिले हौंचुरसहित विभिन्न मुलुकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको छ । पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई गत साउन २६ गते समिती गठन भएको थियो । अहिलेसम्म ८ लाख २० हजार संकलन भईसकेको समिति संयोजक राईले बताए । 

एम्बुलेन्स खरिदजस्तो महान कार्यमा सहयोग गर्न चाहाने सहयोगीदाताले प्रभु वैंक अनामनगरस्थित गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशबाट  पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।

को हुन गुरुङ

बुवा पदम गुरुङ आमा तारादेबी गुरुङको कोखबाट २०४५ साल मंसिर ५ गते जन्मनु भएका लामिडाडाँ गाउँपालिका ६ हौचुर साविक २ पोखरीका ४५ वर्षिय अमृत गुरुङ सामाजिक भावना भएका ब्यक्ति हुन् । 


लामो समययता सुनसरीस्थित तरहरामा बसोवास गर्दै आएका उनी रोजगारीका लागि अष्ट्रेलिया गएका हुन् । रोजगारीमा अष्ट्रेलिया आएका अन्य ब्यक्तिहरुको सहकार्यमा संकलन भएको ९७६ डलर रकम आफ्नो ४५ औं जन्मदिनको अवसरमा उनले साथीभाईवाट पाएको बहुमुल्य उपहार स्वरुप सबै रकम जम्मा गरेर गाउँका लागि दान गरेका हुन् ।

गाउँका अधिकांश मानिसहरु उपचारका लागि बेलैमा अस्पताल पुग्न नपाएर मरेका छन् । त्यस्ता मानिसहरु नमरुंन भनेर यो पैसा जम्मा गरेका हौ । गुरुङले भने, “जन्मदिनमा आएका सबै साथीलाई कुनै उपहार नदिन भनेको थिए । मेरा लागि उनीहरुको त्यो सहयोग नै ठूलो उपहार हो ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण