2026-08-27 02:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार आर्थिक सहयोग

चिसाङ शेर्पा/मंसिर ११, खोटाङ । एम्बुलेन्स खरिद अभियान हौंचुरलाई अष्ट्रेलियाबाट ८० हजार रुपैया सहयोग प्राप्त भएको छ । 

लामिडाडाँ गाउँपालिका ६ हौंचुरद्धारा सञ्चालित ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई सोही स्थान पोखरी २ का अमृत गुरुङले आईतवार अष्ट्रेलियादेखी उक्त रकम हौचुर पठाउने बचन दिएका छन् ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका गुरुङले एम्बुलेन्स खरिद अभियानलाई टार्गेट गर्दै बिगत समययता हौंचुरवासी खोटाङगे, गैर खोटाङगेबाट सहयोगार्थ संकलित रकमलाई बिदाका दिन आईतवार साथीभाई भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेका थिए । संकलित रकमलाई एम्बुलेन्स सेवा समिति हौचुरलाई तत्काल पठाउने अभियानकर्ता गुरुङले बताउनुभयो । 

स्थानीय गजेन्द्र राईको संयोजकत्वमा गठित समितिले हौंचुरसहित विभिन्न मुलुकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको छ । पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई गत साउन २६ गते समिती गठन भएको थियो । अहिलेसम्म ८ लाख २० हजार संकलन भईसकेको समिति संयोजक राईले बताए । 

एम्बुलेन्स खरिदजस्तो महान कार्यमा सहयोग गर्न चाहाने सहयोगीदाताले प्रभु वैंक अनामनगरस्थित गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशबाट  पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।

को हुन गुरुङ

बुवा पदम गुरुङ आमा तारादेबी गुरुङको कोखबाट २०४५ साल मंसिर ५ गते जन्मनु भएका लामिडाडाँ गाउँपालिका ६ हौचुर साविक २ पोखरीका ४५ वर्षिय अमृत गुरुङ सामाजिक भावना भएका ब्यक्ति हुन् । 

लामो समययता सुनसरीस्थित तरहरामा बसोवास गर्दै आएका उनी रोजगारीका लागि अष्ट्रेलिया गएका हुन् । रोजगारीमा अष्ट्रेलिया आएका अन्य ब्यक्तिहरुको सहकार्यमा संकलन भएको ९७६ डलर रकम आफ्नो ४५ औं जन्मदिनको अवसरमा उनले साथीभाईवाट पाएको बहुमुल्य उपहार स्वरुप सबै रकम जम्मा गरेर गाउँका लागि दान गरेका हुन् ।

गाउँका अधिकांश मानिसहरु उपचारका लागि बेलैमा अस्पताल पुग्न नपाएर मरेका छन् । त्यस्ता मानिसहरु नमरुंन भनेर यो पैसा जम्मा गरेका हौ । गुरुङले भने, “जन्मदिनमा आएका सबै साथीलाई कुनै उपहार नदिन भनेको थिए । मेरा लागि उनीहरुको त्यो सहयोग नै ठूलो उपहार हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’