2026-06-17 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पाँचथरमा युनियनको मेची भेला, स्व. देवमान केरुङ पत्रकारिता पुरस्कार गिरीराजलाई

प्रकाश धौलाकोटी, चैत्र ३०, तेह्रथुम । नेपाल प्रेस युनियनको मेची अञ्चल स्तरीय भेला पाँचथरको फिदिममा हुने भएको छ । प्रेस युनियन शाखा पाँचथरको मंगलबार बसेको कार्यसमिति बैठकले बैशाख पाँच गते युनियनको मेची अञ्चल भेला गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा र भिष्मराज आङ्देम्बेको आतिथ्यतामा आयोजना गर्न लागिएको अञ्चल भेलाकै अवसर पारेर प्रेस युनियन शाखा पाँचथरको बार्षिक साधारण सभा समेत सम्पन्न गर्ने निर्णय गरेको युनियनका पाँचथर सचिव भीमकुमार बाँस्कोटाले बताउनुभयो । भेलामा मेची अञ्चल जिल्ला शाखा अध्यक्ष, सचिव र अञ्चल सदस्य लगायत युनियनमा आस्थावान अग्रज पत्रकारहरुको समेत उपस्थिति हुने बताइएको छ ।

बाँस्कोटाका अनुसार अञ्चल भेलाकै अवसर पारेर स्व. देवमान केरुङ स्मृति पत्रकारीता पुरस्कारबाट युनियन शाखा पाँचथरका सदस्य तथा केन्द्रिय पार्षद गिरिराज बाँस्कोटालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

नेपाली काँग्रेसका पाँचथर सभापती नरेन्द्रकुमार केरुङ, सिद्ध देबि मावि सिदनका प्रअ सुरेन शिशिर केरुङ र युवा समाजसेवी ज्ञानेन्द्र केरुङले दिवंगत भएका आफ्ना स्वर्गिय पिता देवमान केरुङको स्मृतिमा सो पुरस्कार स्थापना गरेका थिए । युनियनको स्थापना दिवस वा बार्षिक साधारण सभाको अवसरमा प्रेस युनियन शाखा पाँचथरले प्रदान गर्ने उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ