मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडत"/>

११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र

१२ मंसिर २०७४, मंगलवार १०:२९

मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेको छन् । अन्य क्षेत्रको तुलनामा काठमाडौं–७ मा भने निर्वाचनको माहोल फरक र रोचक देखिएको छ ।


यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका केन्द्रीय सदस्य एबं महिला बालबालिका एवम् समाजकल्याणमन्त्री विक्रमबहादुर थापा र वाम गठबन्धनका तर्फबाट एमाले नेता रामविर मानन्धर प्रतिस्पर्धामा छन् ।

देशभर नै वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनाबी प्रतिस्पर्धा रहेको अवस्थामा काठमाडौं–७ मा पनि दुबै गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन प्रचार–प्रसारलाई तिब्रता दिएका ह्न् ।

पछिल्लो समयमा लोकतान्त्रिक गठबन्धनले आफप्नो चुनाव प्रचार अभियानलाई तिव्र रुपमा अघि बढाएसँगै वाम गठबन्धनका उम्मेदवार मानन्धरलाई यो क्षेत्रमा निर्वाचन जित्न कठिन हुने देखिएको छ ।

काठमाडौं ७ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बनेका राप्रपाका विक्रमबहादुर थापा, प्रदेशसभा तर्फ (क) मा नेपाली कांग्रेसका विजय बहादुर माली र (ख) मा धर्मराज अर्यालले चुनाबी प्रचारप्रसारलाई व्यापकता दिएका छन् ।


अघिल्लो संविधानसभाको निर्वाचनमा एमाले उम्मेदवार मानन्धरलाई भोट हालेका मतदाता पनि उनको कार्यशैलीबाट रुष्ट रहेका कारण यो चुनावमा लोकतान्त्रिक गठबन्धनको पक्षमा पल्ला भारी देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा उनको पकड क्षेत्रका रुपमा रहेको काठमाडौं महाननगरपालिका १६ मा नेपाली काँग्रेसको वडा अध्यक्षका उम्मेदवार मुकुन्द रिजालले चुनाव जितेका थिए ।

मानन्धरले भूकम्प जाँदा र त्यसपछि जनताको सुखदुःखमा साथ नदिएको, बाइपासमा जनताको घर भत्काएर आफू नजिकका यातायात व्यवसायीका भाडाका टाक्सी, माइक्रोबस र मिनिटाटा पार्किङ स्थल बनाएको, सरकारी पद र बजेट दुरुपयोग गर्दै छिमेकीको घर भत्काउने र आफ्नो घर र फिल्म हल जोगाउन गैरकानुनी तबरले घर अगाडि पर्खाल लगाएको स्थानीयको आरोप छ ।


लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रममा युवा र पाका दुवै उमेर समूहका मतदाताहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ । उम्मेदवार घरघरमा पुग्दा स्थानीयले घरमा पुष्पगुच्छा सहित स्वागत गरेका थिए ।

निर्वाचनलाई व्यवस्थित गर्न लोकतान्त्रिक गठबन्धनले सम्पूर्ण बुथहरुमा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । घरदैलो कार्यक्रममा जनतासँग उम्मेदवारहरुले देशलाइ समृद्ध बनाउन र समाज सुधार गर्न लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनले मात्रै जनताका चाहना पूरा उनीहरुको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा