जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्ला"/>

२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कडा सुरक्षाका बिच ओखलढुंगामा मतपेटीका थन्काईयो

२०७४, १२ मंसिर मंगलवार १२:०९

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १२, ओखलढुंगा  । ओखलढुंगामा आईतबार सम्पन्न निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको छ ।


जिल्लाका सबै १ सय ४१ वटै मतदान केन्द्रबाट सदरमुकाम ल्याईएका मतपेटीका कडा सुरक्षा व्यवस्था सहित जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको हो । सोमबारसाँझ सम्म ढुनावी गरिएको मतपेटीका भण्डारण गरि आज मंगलबार हलको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीलबन्दी गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 


मतपेटिका राखिएको स्थानलाई नेपाली सेना,नेपाल प्रहरी,शसत्र प्रहरी र म्यादी प्रहरीले कडा सुरक्षा दिएको छ । यसैबिच मतपेटीका राखिएको कोठाको ढोकामा दलहरुले समेत छुट्टा,छुट्टै ताला लगाएका छन् भने मतपेटीकाको सुरक्षाका लागि जिल्लाका नेपाली कांग्रेस र बामगठबन्धनले स्वयंसेवक परिचालन गरेका छन् । 

सुरक्षाकर्मीको चौघेराभित्र मतपेटीका राखेको भएपनि दलहरुले दोहोरो सुरक्षाका लागि कार्यकर्ता खटाएका हुन् । दलका कार्यकर्ता समेत मतपेटीका राखेको स्थानमा पाल टाँगेर बसेको गठबन्धनका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

दलका कार्यकर्ताले पालैपालो चौविसै घण्टा मतपेटिका राखिएको स्थान कुर्ने जनाईएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिएपछि मतगणना गरिने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु