१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला हिंसा विरुद्ध १६ दिने अभियान विश्वभर मनाउदैं गर्दा छिमेकीबाट महिला कुटिईन

१२ मंसिर २०७४, मंगलवार १३:१८

भास्कर के.सी./मंसिर १२, कञ्चनपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । विश्वले महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाइ रहेको बेला कञ्चनपुरको भि.न.पा.–६, सुकासालमा एक महिला आफ्नै छिमेकीबाट निर्घात कुटिएकी छन् । 


३८ बर्षीय जयन्ती कलौनीलाई उनका छिमेकी  ४५ बर्षीय ललिता कलौनी, ३० बर्षीय किशोर कलौनी र १८ बर्षीय धिरज कलौनीले मंगलबार (आज) ३: ३० बजे कुटपिट गरेका हुन् ।

छाडा गाई भैसीले आफ्नो अन्नबाली नष्ट गरिदिने भएकाले आफ्नो खेतमा उनले बार लगाएकि थिईन । त्यो बारलाई उनीहरुले आएर हटाएपछी सुरु भएको सानो विवादमा आफु घरमा आएर काम गरिरहेको बेला एक्कासी कुटपिट गरेको जयन्तीका श्रीमान भवानी दत्त कलौनीले बताए । 

उनलाई पनि सामान्य चोट लागेको छ भने जयन्तीको छातीमा चोट लागेको छ, छातीको एक्सरा भई रहेको छ, टाउकोमा पनि  चोट लागेको छ ।  कुटपिटमा संलग्न तिनै जनालाई वडा प्रहरी कार्यालयमा राखि घटनाको छानविन भैरहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण