पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी./मंसिर १२, कञ्चनपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । विश्वले महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाइ रहेको बेला कञ्चनपुरको भि.न.पा.–६, सुकासालमा एक महिला आफ्नै छिमेकीबाट निर्घात कुटिएकी छन् ।

३८ बर्षीय जयन्ती कलौनीलाई उनका छिमेकी ४५ बर्षीय ललिता कलौनी, ३० बर्षीय किशोर कलौनी र १८ बर्षीय धिरज कलौनीले मंगलबार (आज) ३: ३० बजे कुटपिट गरेका हुन् ।

छाडा गाई भैसीले आफ्नो अन्नबाली नष्ट गरिदिने भएकाले आफ्नो खेतमा उनले बार लगाएकि थिईन । त्यो बारलाई उनीहरुले आएर हटाएपछी सुरु भएको सानो विवादमा आफु घरमा आएर काम गरिरहेको बेला एक्कासी कुटपिट गरेको जयन्तीका श्रीमान भवानी दत्त कलौनीले बताए ।

उनलाई पनि सामान्य चोट लागेको छ भने जयन्तीको छातीमा चोट लागेको छ, छातीको एक्सरा भई रहेको छ, टाउकोमा पनि चोट लागेको छ । कुटपिटमा संलग्न तिनै जनालाई वडा प्रहरी कार्यालयमा राखि घटनाको छानविन भैरहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।