2026-08-27 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विधुतीय धरापमा परी कांग्रेस उम्मेदवारसहित ७ घाइते, तीन गम्भीर

मंसिर १३, काठमाडौं । उदयपुरमा बुधबार बिहान एम्बुस विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् ।

दयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् ।

कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ । कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ ।

उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् । गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए । 

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’