2026-08-27 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कांग्रेसमा बसेर ठूलो गल्ती गरेछु भन्दै जिल्ला सचिव वाम गठबन्धनमा प्रवेश

मंसिर १३, उदयपुर | नेपाली कांग्रेसका उदयपुर जिल्ला सचिव रामकुमार राईले कांग्रेस पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छान । बुधबार एक औपचारिक समारोहमा उनले कांग्रेस परित्याग गरेका हुन्  ।

वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टी छोडी वामगठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । 

झण्डै तीन दशक लामो समय कांग्रेसमा सक्रिय रहनुभएका राईले सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘उर्वर समय मैले कांग्रेसमा बिताएर  ठूलो भुल गरेछु ।’ पार्टीका केही नीति सिद्धान्त राम्रा भए पनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव स्वभाव भएकाले आफू पार्टीभित्र बस्न नसकेको उनको धारणा थियो । 

राईले भने – ‘विपी, किसुनजी जस्ता निष्ठाको राजनीति गर्ने र हामी जस्ता जनताको काम इमान्दारसाथ गर्ने पार्टी रहेन् । यो केवल भ्रष्ट, दलाल, शोषक, सामन्त र विपीको नाम भजाएर खाइरहने पार्टी बन्यो । अब नेपाली कांग्रेस विपीको सिद्धान्तमा अडिग रहेर लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पार्टी रहेन्, यो त केवल दलाल र शासकहरुको मात्र पार्टी रह्यो । ’ 

चुनाव हुन केही दिन मात्रै बाँकी रहँदा वाम गठबन्धनमा प्रवेश गरेका राईले गठबन्धनलाई जिताउनु आफ्नो कर्तव्य रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’