Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ मंसिर १४ गते, बिहान ९:४१ बजे चितवन - CTW, समाज

आजबाट दुर्लभ पाटे बाघ गणना सुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १४, चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिनुभयो ।

उहाँले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिनुभयो । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ ।

यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो ।

गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ । रासस