२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको सक्रान्तिबजारमा ऐतिहासिक मदन मेला सुरु

१ बैशाख २०७३, बुधबार २०:५०

प्रकाश धौलाकोटी/बैशाख २, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्दै आएको पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला हिजोबाट सुरु भएको छ ।

मेलाको ईवा–६ निवासी वयोवृद्ध ९९ वर्षीय रत्नबहादुर बाँनियाँले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटनका अवसरमा सन्चालित सक्रान्तिबजारस्थित कर्मचारी र व्यवसायीबीचको मैत्रीपुर्ण खेलमा व्यवसायी विजयी भएका छन् । उद्घाटन कार्यक्रममा ९९ वर्षीय वृद्ध बाँनियाँलाई आयोजकले फुलमाला, अविरजात्रा र खादा ओढाई सम्मान समेत गरेको थियो । मेलामा आज बाट हालसम्मकै सर्वाधिक राशीको मदनमेमोरियल फुटबल, महिला फुटबल र भलिबल लगायत खेलकुद कार्यक्रमहरु सुरु हुने मेला समितिका अध्यक्ष कुलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

एक सातासम्म चल्ने मेलाको दोस्रो दिन आज विहान ८ बजेबाट विभिन्न खेलकुदका कार्यक्रम सन्चालन हुने उहाँले बताउनुभयो । यसवर्ष पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५, महिला फुटबलतर्फ ६ र भलिबलमा ४ वटा टिम सहभागी भएका छन् ।
मेलामा आयोजित फुटबलका विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने