२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा पनि प्राधिकरणको कार्यालय स्थापना

२०७४, १४ मंसिर बिहीबार ११:२३

मङ्सिर १४, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लमजुङको बेशीसहरमा पनि कार्यालय स्थापना गरेको छ । भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये लमजुङमा पनि जिल्ला समन्वय समितिको सचिवालय स्थापना गरिएको हो । भूकम्प पीडितलाई दिने अनुदान र सहयोगका साथै गुनासो सम्बोधन गर्न सहज होस भन्ने उद्देश्यले प्राधिकरणले लमजुङमा पनि कार्यालय स्थापना गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले सोमवार लमजुङको बेशीसहर पुगेर कार्यालयको उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत भूसालले भूकम्प पीडितलाई सरकारी तवरबाट प्राप्त हुने सेवालाई अझै सरलीकृत गर्न र सरोकारवाला निकायसँग समन्वय गरी पुनर्निर्माणलाई थप तिव्रता दिन जिल्लामा प्राधिकरणले कार्यालयको स्थापना गरेको बताउनुभयो ।

उहाँले भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।


पुनर्निर्माणका लागि देखिएको प्राविधिक जनशक्तिको समस्यालाई निराकरण गर्न आगामी पौष मसान्तभित्रै ५४ हजार डकर्मीलाई भूकम्प प्रतिरोधी तालिम दिने तयारी भइरहेको भन्दै सिइओ भूसालले अव इन्जिनियर र ओभरसियर नभएकै कारण घर बनाउन नपाउने अवस्थाको अन्त्य हुने उल्लेख गर्नुभयो ।

कार्यालय उदघा्टन समारोहमा प्राधिकरणका सहसचिव प्रकाश थापा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायण श्रेष्ठ, प्राधिकरणका सुचना शाखा प्रमुख मनोहर प्रसाद घिमिरे लगायतको उपस्थिती थियो ।

कार्यालय स्थापनापछि सिइओ भूसाल नेतृत्वको प्राधिकरणको टोलीले जिल्लाको मैगुम गाँउपालिका वडा नम्वर ७ मा भूकम्प पीडितहरुले पुनर्निर्माण गरेका र गर्दे गरेका घरहरुको अवलोकन गर्नुका साथै भूकम्पपीडितहरुसँग अन्तरक्रिया गरेको थियो ।

प्राधिकरणको टोलीले तनहुँका विभिन्न स्थानमा पनि भूकम्प पीडितहरुसँग अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ