५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

१४ मंसिर २०७४, बिहीबार ११:३०

मङ्सिर १४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । 

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । 

उहाँले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताउनुभयो । 

नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जमातको लर्को रोकिएको छैन । झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ । 

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताउनुभयो । 

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ । 

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताउनुभयो । उहाँले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गर्नुभयो । राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताउनुभयो । 

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता बिक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नवीन सम्भावनाको खोजी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको सो अठोटलाई मूर्तरुप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर