2026-09-16 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

यान्त्रिक हलोतर्फ म्याग्दीका किसानको आकर्षण

मङ्सिर १४, म्याग्दी । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् । 

ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् । 

यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन् । बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन् । 

धौलागिरि गाउँपालिका– ७ ताकमका भोजीन्द्र पौडेलले गोरुले जोत्दा तीन दिन लाग्ने खेत मिनीटिलरले एकै दिनमा सक्ने बताउनुभयो । सडक छेउछाउ, ढुङ्गा नभएको र ठूला गह्रा भएका फाँटमा ट्र्याक्टरले नै खेत जोत्ने गरिएको छ । 

ताकमका किसान दीपक सुवेदीले गोरु नपाइने, पाल्न दुःख हुने र मजदुर नपाउने समस्या बढिरहेका बेला यान्त्रिक हलोले राहत मिलेको बताउनुभयो । यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ । 

एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ । हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् । 

यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको बेनपा–२ बगरफाँटका भीमबहादुर रिजालले बताउनुभयो । 

मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा भने किसानलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा ट्र्याक्टरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने समस्या रहेको किसानले बताएका छन् । 

बजारीकरण गर्न महोत्सव 

स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ । 

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वका अवसरमा महोत्सवका साथै ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला आयोजना हुन लागेको हो । 

स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । 

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब रु छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यावसायिक कक्ष राखिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल