2026-08-27 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल बजारमा गाडी पार्किङ गर्न नपाईने, तीनदिन भित्र टिकट काउण्टर हटाउन निर्देशन

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । खोटाङको दिक्तेल बजारमा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका बस तथा मालबाहक सवारी साधनलाई बसपार्क तथा जिपलाई हाटडाडाँमा पार्किङ गर्न निर्देशन दिईएको छ । 

गत बुधवार बसेको सरोकारवालाको वैठकको निर्णयानुसार नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउन सम्बन्धित स्थानमा बस पार्किङ गर्न र अनाधिकृत रुपमा सञ्चालन भईरहेको टिकट काउण्टर तीन दिनमा हटाउन नगरपालिकाले सुचना मार्फत निर्देशन जारी गरेको हो । 

मालबहाक ट्रक, यात्रुबहाक बसले सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा पार्किङ गर्नुपर्नेछ छ । साना जिप पार्किङका लागि हाटडाडाँमा जानुपर्छ नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताउनुभयो । बजारका दायाँवायाँमा राखिएका निर्माण तथा व्यापारिक सामग्रीलाई समेत तत्काल हटाउन लगाईएको छ ।

 कार्यकारी अधिकृत राईका अनुसार ‘बजारमा टिकट काउण्टर सञ्चालन गर्नु परेमा नगरपालिकाको कार्यालयबाट दर्ता/अनुमती लिएर मात्र सञ्चालन गर्न पाईन्छ ।’ उनले भने, “कसैले बेवास्ता गरि नियम उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । तीन दिनमा नहटाए प्रहरी लगाएर हटाईने छ ।” 

बजारका दायाँवायाँमा यातायात व्यवसायीले सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा साना सडकमा दुर्घट्ना हुने सम्भावना बढेको छ । बर्षातका समयमा बसपार्कसम्म गाडीहरु जान नसक्दा यातायात व्यवसायीहरुले बजारमा पार्किङ गर्दै यात्रुहरु चढाउने, ओराल्ने गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’