२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने संभावना

२०७४, १५ मंसिर शुक्रबार ०४:१७

मङ्सिर १५, काठमाडौँ । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । 

प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको हो । 

दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिह्नमा छाप लगाउनुभयो तर समानुपातिक मतदान गर्ने चिह्न धेरै भएकाले एउटामा मत दिन छुटाउनुभयो । “तीनवटा मतपत्र थियो, मैले साना साना दुईमा लगाए अनि ठूलो मतपत्रमा एक छाप लगाए”, उहाँले थप्नुभयो । प्रतिनिधिसभा वा प्रदेशसभाको समानुपातिक उम्मेदवारलाई भने मत दिन उहाँले छुटाउनुभयो । 

पतपत्रको चिह्नमा छाप लगाउन राम्ररी ज्ञान नभएकी रमिलालाई जस्तै ४० वर्षीय सुनिता थामीले पनि मतदानका क्रममा समानुपातिक मतपत्रमा छाप लगाउँदा झुक्किनु भएछ । “रातो रंगको ठूलो मतपत्रमा धेरै चिह्न थिए, माथिको दुई चिह्नमा मात्र छाप लगाँए”, मतदानपछि उहाँले आफ्ना साथीहरुलाई सुनाउनुभयो । सुनिताले पनि प्रतिनिधिसभा र प्रदेशसभाका कुनै एक एक उम्मेदवारलाई मत दिनुपर्नेमा माथि नै दुईवटा छाप लगाउनुभएछ । 

मतदान गर्न जाँदा मतदाता शिक्षाको ज्ञान नभएर छाप लगाउँदा बिगार्ने रमिला र सुनिता प्रतिनिधि पात्र मात्र हुन् । यस्तै ज्ञान नभएर कतिले बिगारे होलान् । त्यो मतगणनापछि नै थाहा हुन्छ । निर्वाचनका बेला खेतीपाती भित्र्याउने मौसम भएका कारण पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको देखिन्छ । धान भित्र्याउने चटारोमा लागेका मतदातालाई घरदैलो पुगेका मतदाता शिक्षा दिनेहरुले भेटेर सिकाउने मौका नै पाएनन् । 

निर्वाचन आयोगले पनि अन्तिममा मतपत्र फरक छाप्नुपर्ने भएकाले कात्तिक २८ गतेदेखि मात्र निर्वाचन शिक्षाका लागि टोली खटाएको हुँदा मतदाता शिक्षा दिनका लागि समय पनि कम भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालको भनाइ छ । 

अर्यालले थप्नुभयो, “मतपत्र फरक तरिकाले छाप्नुपर्ने हुँदा समय पनि एकदम कम भएकै हो, पहिलो चरणको १० गतेको निर्वाचनका लागि मतदाता शिक्षा हतारमा दिइएको हो, मतदातालाई राम्ररी सिकाउने समय नै भएन ।” 

उहाँका अनुसार पहिलो चरणको मतदानमा कति प्रतिशत मतपत्र बदर भयो भन्ने कुरा मतगणनापछि मात्र थाहा हुन्छ । प्रतिनिधिसभाको एक हरियो, प्रदेशसभाको एक हरियो र समानुपातिकको रातो मतपत्रमामा माथि र तल एक–एक चिह्न लगाउनुपर्नेमा माथि नै दुईवटा लगाएको भन्ने कुरा आएको छ । त्यसलाई ध्यानमा राखेर आयोगले दोस्रो चरणका निर्वाचनमा दलका नेताहरुलाई मत छाप लगाउने तरिका समेत सिकाउन जरुरीे छ । बुझेकाहरुले अरूलाई पनि बुझाउनसमेत आयोगले आग्रह गरेको छ । 

आयोगले १९ हजार ८०९ वटै मतदान केन्द्रका प्रत्येक केन्द्रमा एक–एक कर्मचारी मतदाता शिक्षाका लागि खटाएको छ । सञ्चारमाध्यमका साथै कतिपय गैरसरकारी संस्थाले पनि निर्वाचन शिक्षाका लागि सहकार्य गरेका छन् । 

मतदाता शिक्षा अभियान सञ्चालन गरेको नेपाल मतदाता शिक्षा मञ्चका अध्यक्ष भक्त विश्वकर्माले भन्नुभयो, “मतदातालाई कतिवटा मतपत्रमा छाप लगाउने, कसरी चिह्न लगाउने भन्ने विषयमा सामूहिक भेला गराएर मतदाता शिक्षा दिएका छौ ।” उहाँका अनुसार केन्द्रले एकै ठाउँमा ४०/५० जना मतदाता जम्मा गरी मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन ग¥यो ।

निर्वाचन शिक्षा अभियान सञ्चालन गरेको प्रत्येक जिल्लामा नमूना मतदान तीन÷चार घण्टा दुई दिनसम्म कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त केन्द्रले दोलखा, रामेछाप, ओखलढुंगा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकमा निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो । 

आयोगले पनि घरघरमै गएर पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । खेतीपातीको भित्र्याउने समय भएको हुँदा मतदातालाई पर्याप्त जानकारी गराउन कठिन भयो । 

स्थानीय तहको निर्वाचनमा बदर मत भएको कुरालाई ध्यानमा राखी दोस्रो चरणका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा मत बदर हुन नकिन सर्तकता अपाउनुपर्नेमा सम्बद्ध पक्षको जोड छ । कालिका खड्का/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल