२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा इन्द्रेणीद्वारा बिद्यालयहरुमा सामग्री हस्तान्तरण

२०७४, १५ मंसिर शुक्रबार १२:०१

श्याम थापा/मङ्सिर १५, सुस्ता । एक्सन एड नेपालको सहयोगमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न ९ पन्चनगरमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चले बाढीमा डुबेर क्षति भएका बिद्यालयहरुमा कक्षा कोठा ब्यवस्थापन गर्ने उद्वेश्यले  सामग्रीहरु हस्तान्तरण गरेको छ । 

यहि श्रावण महिनाको २९ गते आएको बाढीले पाठ्य पुस्तक र कक्षा कोठामा ओछ्याएको कार्पेटहरु पुर्ण रुपले क्षति भएका नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको वार्ड न ९ मा रहेको कोटहि प्राथमिक बिधालय,प्रदेश न ४ को बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ मा रहेको नारायणी गण्डकी सास्कुतिक माध्यमिक बिद्यालय त्रिबेणि र सुस्ता गाउँपालिका वार्ड न ५ अन्तर्गत सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयमा कक्षामा कक्षा कोठा ब्यवस्थापन गर्नका लागि यति कार्पेट र पि पि कार्पेट इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले बिद्यालयहरुमा हस्तान्तरण गर्नु भएको हो । 

मञ्चका कार्यकारी निर्देशक सुबेदीले जानकारी दिए अनुसार प्रतापपुर गाउँपालिकाको कोटही प्राथमिक बिद्यालयमा १ वटा बालबिकास कोठा, प्रदेश न ४ बिनयी त्रिबेणि गाउँपालिकाको नारायणी गण्डकी सास्कृतिक माध्यमिक बिद्यालयमा १ बालबिकास र १ कक्षा गरि २ वटा कोठा र सुस्ता गाउँपालिकाको जनता दलित प्राथमिक बिद्यालयमा १ बालबिकास र ५ वटा अन्य कोठा गरि ६ वटा कोठामा कक्षा कोठा ब्यवस्थापन सामग्री यति कार्पेट र पि पि कार्पेट हस्तान्तरण गरेको उहाँले बताउनु भयो । 


बाढीको कारणले सो बिद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा बस्न असहज भै बालबालिकाहरु बाहिर चौरमा ९फिल्ड० बसालि पठनपाठन गराउदै आएका सुस्ता गाउँपालिकाको वार्ड न ५ सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयका प्र अ उदय रुचाल मगरले बताउनु भयो । 

त्यस्तै बाढी आएको बखतमा नवलपरासी जिल्लाको ४३ वटा बिद्यालयहरु अनुगमन गर्दा नवलपरासी जिल्ला भरिमा २१ वटा बिद्यालयहरुलाई क्षति पुराएको र जिल्ला शिक्षा कार्यालय नवलपरासीको अनुसार इन्द्रेणी सामाजिक बिकास मञ्चलाई ३ वटा बिद्यालयहरुलाई कक्षा कोठा ब्यवस्थापन सामग्री बितरण गर्नु परेकोले मञ्चका कार्यकारी निर्देशक सुबेदीले बताउनु भयो ।

 सो हस्तान्तरण गरेको सामग्रीले बालबालिकाहरुलाई आनन्द रुपले बसि अध्ययन गर्न पाउने र केही हदसम्म बिद्यालयहरु शैक्षिक गुणस्तरमा सुधार आउने बिनयी त्रिबेणि वार्ड न ६ का वडा अध्यक्ष पृतम गुरुङले बिश्वास लिनु भएको वडा अध्यक्ष गुरुङले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै