२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने

१५ मंसिर २०७४, शुक्रबार १२:५७

भास्कर केसी/मङ्सिर १५, कञ्चनपुर । जनज्योति एजुकेशनल फाउण्डेशन प्रालिको १३औं वार्षिक साधारण सभाले जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने निर्णय गरेको छ । 

साधारण सभाको निर्णयपछि अहिलेसम्म प्राइभेट लिमिटेड अन्र्तगत सञ्चालन हुँदै आएको क्याम्पस औपचारिक रुपमा पब्लिक क्याम्पस भएको हो । अब क्याम्पसको नाम जनज्योति बुहुमुखी पब्लिक क्याम्पस हुनेछ । 


२०५८ देखि प्रालि अन्र्तगत सञ्चालन हुँदै आएको क्याम्पसमा सुदूरपश्चिम भरिका क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पस सञ्चालक जनज्योति एजुकेशनलन फाउण्डेशन पनि साधारण सभाको निर्णयपछि जनज्योति एजुकेशनल पब्लिक लिमिटेड परिर्वतन भएको छ । 

साधारण सभाबाट पब्लिकमा जाने निर्णय गरिएपछि पाँच सयसयम्म शेयर धनी बनाउने लक्ष्य राखिएको सहायक क्याम्पस प्रमुख विरेन्द्र सिह साउँदले जानकारी दिए । ‘पब्लिक हुन सय जना भए पुग्छ’ उनले भने,‘हाम्रो लक्ष्य पाँच सय शेयर धनी पुगाउने हो ।’ 


सहायक क्याम्पस प्रमुख साउँदले क्याम्पस सञ्चालनमा जनताको पहुँच बढाउन र शैक्षिक कार्यक्रम विस्तार गरी जनज्योतिलाई सुदूरपश्चिमको नमूना क्याम्पस बनाउन पब्लिकमा जाने निर्णय गरिएको बताए । 

फाउण्डेशनका अध्यक्ष मनोरथ जोशीको अध्यक्षतामा क्याम्पसमा साधारण सभा गरिएको छ । साधारण सभामा क्याम्पस प्रमुख भोलानाथ शर्माले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा परीक्षण संयोजक शिवदत्त जोशी, क्याम्पस अन्र्तगतको बोर्डिङ्ग स्कुलको प्रगति विवरण प्रिन्सिपल सुरेन्द्रराज जोशीले प्रस्तुत गरेका थिए । 

साधारण सभाबाट ती सबै प्रतिवेदन पारित गरिएका छन् । कार्यक्रममा सहायक क्याम्पस प्रमुख विरेन्द्र सिह साउँदले स्वागत मन्तव्य राखेका थिए । सञ्चालक समितिका सदस्य नवराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य