Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भास्कर केसी/मङ्सिर १५, कञ्चनपुर । जनज्योति एजुकेशनल फाउण्डेशन प्रालिको १३औं वार्षिक साधारण सभाले जनज्योति बहुमुखी क्याम्पसलाई पब्लिक क्याम्पसमा लैजाने निर्णय गरेको छ ।

साधारण सभाको निर्णयपछि अहिलेसम्म प्राइभेट लिमिटेड अन्र्तगत सञ्चालन हुँदै आएको क्याम्पस औपचारिक रुपमा पब्लिक क्याम्पस भएको हो । अब क्याम्पसको नाम जनज्योति बुहुमुखी पब्लिक क्याम्पस हुनेछ ।

२०५८ देखि प्रालि अन्र्तगत सञ्चालन हुँदै आएको क्याम्पसमा सुदूरपश्चिम भरिका क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पस सञ्चालक जनज्योति एजुकेशनलन फाउण्डेशन पनि साधारण सभाको निर्णयपछि जनज्योति एजुकेशनल पब्लिक लिमिटेड परिर्वतन भएको छ ।

साधारण सभाबाट पब्लिकमा जाने निर्णय गरिएपछि पाँच सयसयम्म शेयर धनी बनाउने लक्ष्य राखिएको सहायक क्याम्पस प्रमुख विरेन्द्र सिह साउँदले जानकारी दिए । ‘पब्लिक हुन सय जना भए पुग्छ’ उनले भने,‘हाम्रो लक्ष्य पाँच सय शेयर धनी पुगाउने हो ।’

सहायक क्याम्पस प्रमुख साउँदले क्याम्पस सञ्चालनमा जनताको पहुँच बढाउन र शैक्षिक कार्यक्रम विस्तार गरी जनज्योतिलाई सुदूरपश्चिमको नमूना क्याम्पस बनाउन पब्लिकमा जाने निर्णय गरिएको बताए ।

फाउण्डेशनका अध्यक्ष मनोरथ जोशीको अध्यक्षतामा क्याम्पसमा साधारण सभा गरिएको छ । साधारण सभामा क्याम्पस प्रमुख भोलानाथ शर्माले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा परीक्षण संयोजक शिवदत्त जोशी, क्याम्पस अन्र्तगतको बोर्डिङ्ग स्कुलको प्रगति विवरण प्रिन्सिपल सुरेन्द्रराज जोशीले प्रस्तुत गरेका थिए ।

साधारण सभाबाट ती सबै प्रतिवेदन पारित गरिएका छन् । कार्यक्रममा सहायक क्याम्पस प्रमुख विरेन्द्र सिह साउँदले स्वागत मन्तव्य राखेका थिए । सञ्चालक समितिका सदस्य नवराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।