2026-11-02 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८२ वर्षीय मोहनविक्रमलाई मायाले तानेपछि…

मङ्सिर १६, प्युठान । दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ।

झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन्। मसालको संसदीय मोर्चा-राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन्।

बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे। जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए। तर, यसपालि भने उनको सक्रियता बढेको छ। सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको’ आरोप लगाएका छन्। पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन्। सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए।

यसपालिको निर्वाचनमा सिंहले जिल्लाका करिब दर्जनजति पार्टी प्रशिक्षण सम्पन्न गरिसकेका छन्। पत्नी पौडेलसँगै भने उनी हिँडेका छैनन्। सिंहले चुनाव जित्न विशेष रणनीतिक योजना बनाएर वाम मतदातालाई ऊर्जाका साथ प्रशिक्षण दिँदै आएका छन्। सातादेखि चुनावमा सक्रिय सिंहले जिल्लाका मच्छी, चुँजा, बाहाने, खलंगा, विजुवार, बरौला, चकचके, भिंगृ, ठूलावेसीलगायत स्थानमा पुगेर वाम मतदातालाई ऊर्जा थप्ने काम गरिरहेका छन्।

अझै केही दिन उनी जिल्लामै बसेर कार्यकर्तालाई प्रक्षिक्षण दिने कार्यक्रम रहेको बुझिएको छ। ‘एक भोटले पनि उम्मेदवारमा हारजित हुन सक्छ’, शुक्रबार प्युठान नगरपालिकास्तरीय चुनावी प्रशिक्षणका क्रममा जुम्रीमा सिंहले भने, ‘वाम गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउने गरी लाग्नुस्। पार्टीभित्र कसैले पनि अन्तर्घात नगर्नुहोला।’

सबैलाई मतदान गर्न आग्रह गर्दै हिँड्ने सिंह भने आफूले भोट हाल्दैनन्। गत स्थानीय तह निर्वाचनमा समेत उनले भोट हालेनन्। आफूले भोट नहाल्ने तर अरूलाई हाल्न आग्रह गर्दै हिँड्ने उनको शैलीलाई कतिपयले मन पराएका छैनन्।

सिंहलाई विगतका निर्वाचनमा भन्दा यसपालि धेरै संघर्ष गर्नुपर्ने देखिन्छ। प्रत्यक्षतर्फ एक सिट नजितेमा मसालको चुनावी मोर्चा राजमो राष्ट्रिय पार्टी बन्न सक्दैन। विगतका निर्वाचनमा बाग्लुङ र प्युठानमा उम्मेदवार उठाए पनि यसपालि प्युठानमा मात्र उनकी पत्नी उम्मेदवार बनेकी हुन्।

सिंगो पार्टी र पत्नीलाई विजयी गराउन उनी निकै दौडधुप गरेर गाउँगाउँमा पुगेका छन्।

पत्नी मोहकै कारण उनी संसदीय निर्वाचनमा चुनावी मोर्चा राजमोलाई लचिलो बनाउँदै लगेको धेरैले टिप्पणी गर्न थालेका छन्। ०५६ सालको निर्वाचनमा कपिलवस्तु र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजय भोगेकी पौडेल ०७० सालको निर्वाचनमा प्युठानबाट समानुपातिक सांसद भइन्।

आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई चुनावमा तानेको हो। भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल वाम गठबन्धनकी उम्मेदवार हुन्।

जिल्लामा एमालेको बलियो क्षेत्र मानिए पनि राजमोका केन्द्रीय उपाध्यक्ष पौडेललाई एमालेसहित माओवादी केन्द्रले सघाएका छन्। महामन्त्री सिंहकै सक्रियतामा प्युठान राजमोको भागमा परेको चर्चा सुनिन्छ।

वाम गठबन्धनकी साझा उम्मेदवार पौडेल भने मोहन विक्रमको पत्नी नभएर पार्टीको योगदानका हिसाबले टिकट पाएको बताउँछिन्। उनले विपक्षीलाई घरपरिवारसँग आफूलाई नजोड्नसमेत आग्रह गरेकी छन्। राजमोको केन्द्रीय उपाध्यक्ष पौडेलले विद्यार्थी जीवनदेखि नै पार्टीमा सक्रिय हुँदै आएकी हुन्। ०४१ सालदेखि उनको राजनीति यात्रा आरम्भ भएको हो। ०४५ सालमा साढे तीन महिना उनले जनआन्दोलनका क्रममा बन्दी जीवन बिताउनुपरेको थियो।

महामन्त्री सिंहको नेतृत्वमा ०१० सालमा जिल्लामा कम्युनिस्ट पार्टीको जन्म भएको हो। ०१५ सालको संसदीय निर्वाचनमा सिंह आफैं उम्मेदवार बनेका थिए। त्यसयता मुलुकमा भएका कुनै पनि संसदीय निर्वाचनमा उनी उम्मेदवार बनेनन्। अर्धभूमिगत शैलीकै रूपमा उनले आफ्नो भूमिका निर्वाह गरिरहे। अझै पनि उनी आमसभामा सहभागी हुँदैनन्। कार्यकर्तालाई सभा हल र कोठामै राखेर उनले पार्टी प्रशिक्षण दिने गरेका छन्।

चुनावलगत्तै मुलुकमा एक मात्र कम्युनिस्ट पार्टी हुने सिंहले बताएका छन्। पार्टी एकीकरणको विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल भइरहेको उनले बताए। ‘लामो समयपछि कम्युनिस्ट एक भएका छन्’, उनले भने, ‘बुढेसकालमा सबै कम्युनिस्ट मिलेको देख्न पाउँदा खुसी लागेको छ। यसलाई जीवित राख्न हरदम पहल गर्नेछौं।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने गरी वाम गठबन्धनलाई विजयी गराउन उनले आममतदातालाई आग्रहसमेत गरे। वाम गठबन्धनका पौडेलसँग लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा.गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा प्रतिस्पर्धीका हिसाबले पौडेल ३८ हजार मतले अगाडि छन्। 

वाम गठबन्धनले ६४ हजार तीन सय ३५ र लोकतान्त्रिक गठबन्धनले २६ हजार २ सय ८२ मत ल्याएका छन्। जिल्लाभर कुल एक लाख ३८ हजार ६ सय ४१ जना मतदाता छन् । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द