2026-08-27 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दुई/चारवटा बम पड्कदैमा चुनाव रोकिन्न: ओली

मङ्सिर १६, उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । 

गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई/चारवटा बम पड्कदैमा रोकिन्न ।” 

निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिनुभयो । 

अध्यक्ष ओलीले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा (माओवादी केन्द्र)ले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गर्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विगतमा नेपाली काँग्रेसले पटकपटक बहुमतको सरकार सञ्चालन गरेपनि मुलुकलाई स्थिर राजनीति दिन नसकेको कारण अब देशमा वाम गठबन्धनको स्थिर सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । 

पूर्व–पश्चिम राजमार्ग छ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने उहाँको दाबी थियो । अध्यक्ष ओलीले भन्नुभयो, “एकचोटी वाम गठबन्धनलाई जिताएर दुई वर्ष हेर्नुस्, विकास कसरी हुन्छ, हामीले गरेर देखाइदिन्छौँ ।” चुनावलगत्तै एमाले–माओवादी पार्टी एकता हुने उहाँको भनाइ थियो । 

सो चुनावीसभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेश सभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गर्नुभएको थियो । 

यस्तै संयुक्त वाम गठबन्धनले मोरङको उर्लावारीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धनको जित आवश्यक रहेको बताउनु भएको छ । 

नेपाली काँग्रेसले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै उहाँले अब देश विकासको जिम्मा वाम गठबन्धनको रहेको बताउनुभयो । 

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने र त्यो सरकारले देशलाई नयाँ दिशामा लैजाने बताउनुभयो । 

सभालाई एमालेका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार डा शिवमाया तुम्बाहाम्फे, माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार नवल खड्का, गोपी अछामी, मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार कुशल लिम्बूलगायतले सम्बोधन गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’