Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता चढेको गाडीमा बम प्रहार, चालक घाइते

२०७४, १६ मंसिर शनिबार १५:४१

मङ्सिर १६, पाल्पा । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ । 

तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ता भने सकुशल रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताउनुभयो । 

माओवादी जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते हुनुभएको छ । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । बम विस्फोट हुँदा ३४२५ नम्बरको लु१ज जिपमा क्षति पुगेको छ । 

घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उहाँले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश