२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीका दुई सय सात मतदानस्थल अतिसंवेदनशील

२०७४, १७ मंसिर आईतवार ०५:०३

मङ्सिर १७, राजविराज | भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । 

यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । करिब तीन हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको छ । जिल्लामा निर्वाचनका लागि २९५ मतदानस्थल र ४७८ वटा मतदान केन्द्र कायम गरिएको छ । 

जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा तथा प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्रमा १५२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सप्तरी क्षेत्र नं १ मा ९४ हजार ९२०, क्षेत्र नं २ मा ७९ हजार ६६३, क्षेत्र नं ३ मा ८५ हजार ४८९ र क्षेत्र नं ४ मा ८६ हजार ५४२ मतदाता रहेका छन् । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा