२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ १ मा राजमोद्वारा उम्मेद्वारी फिर्ता, अनिल शर्मालाई समर्थन

२०७४, १७ मंसिर आईतवार ११:२७

मंसिर १७, काठमाडौँ | राष्ट्रिय जनमोर्चा (राजमो)नेपालबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार डा निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो । 

तश्विरमा: काठमाडौँ १ का बाम उम्मेदवार अनिल शर्मा 

आफ्ना प्रस्तावक, समर्थक तथा सो क्षेत्रका सबै मतदातालाई नेकपा(माओवादी केन्द्र)का उम्मेदवार शर्मालाई नै मतदान गर्न उहाँले आग्रह गर्नुभयो । आफ्नो उम्मेदवारी फिर्ताबारे पार्टीको नेतृत्वलाई जानकारी गराएको तर पार्टी निर्णय भने हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै काठमाडौँ क्षेत्र नं १ का प्राध्यापक, बुद्धिजीवीको भेलाले वाम उम्मेदवार शर्मालाई मतदान गर्ने निर्णय गरेको जानकारी प्राडा राममान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

अस्थिर सरकारबाट भोग्नुपरेका समस्याको अन्त्यका लागि वाम गठबन्धनका प्रतिनिधिलाई विजयी गराई राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वाससहित सो क्षेत्रका १०५ जना प्राध्यापकको भेलाले शर्मालाई गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

पत्रकार सम्मेलनमा सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार शर्माले जनमोर्चाका उम्मेदवार डा थापाको समर्थन र बुद्धिजीवीको समर्थनले आफूलाई थप हौसला बढेको भन्दै आफ्नो जित निश्चित रहेको बताउनुभयो । 

देश विकासका लागि युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको भन्दै स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं १ लाई धुवाँधुलोमुक्त, विषदिमुक्त बनाउन, नियमित खानेपानी, शैक्षिक केन्द्रका रुपमा विकास, सफा वाग्मती र धोबीखोला, वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाभत्ताजस्ता विषय आफ्नो एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो