ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

प्रहरीको निशानामा जुवाडे ः एउटै खालबाट १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्धसम्म पक्राउ

१७ मंसिर २०७४, आईतवार १२:२१

ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लामो समय अघिदेखि जात्रा लाग्ने गरेको साविक सुनखानी गाविसमा अवस्थित कालिनाग मन्दिरको जात्रामा कौडा पैसाको हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालिञ्चोक ९ का ६४ बर्षिय दानबहादुर शिवाकोटी, सोहि ठाउँका १८ बर्षिय गणेश सेढाँई, आईतमान थामी, सोम थामी लगायत ६ जना वडा नम्बर ८ का शंकर शिवाकोटीसहित १४ जना, कालिञ्चोक २ का ७१ बर्षिय भेषबहादुर पाण्डे, कमलामाई ५ सिन्धुलीका २५ बर्षिय अमरबहादुर श्रेष्ठ लगायत रहेका छन् । 

उनीहरुलाई पक्राउ गरिएको स्थानबाट ८२ हजार १ सय ७५ रुपैँया नगदसहित १६ थान कौडा, ५२ पत्ति तास र केहि थान म्याट तथा गुन्द्री पनि बरामद गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा ल्याई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न जात्रा, उत्सव, चाडपर्व लगायतका अवसरमा जुवातास खेल्ने दर्जनौंलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण