२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, मतगणना २१ गते ५ बजेदेखि सुरु हुने

२०७४, १७ मंसिर आईतवार १३:२९

मङ्सिर १७, काठमाडौँ | दोश्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भोली मंसिर १८ गते सोमबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ । 

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरणको निर्वाचन सम्पन्न भई दोइश्रो चरणको निर्वाचन २१ गते हुने भएकाले मतदान हुने दिनभन्दा ४८ घण्टा अगाडीदेखि मौन अवधि लागू हुन्छ । निर्वाचनको मौन अवधिमा २१ गते निर्वाचन हुने ४५ जिल्लामा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण गर्न पाईन्न । 

निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ । 

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै आएको छ । 

यसैबीच निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधि प्रसाद यादवले सोमबार राति १२ बजेदेखि शुरु हुने मौन अवधिमा दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यमलगायत सम्बद्ध सबैलाई निर्वाचन आचारसंहिता पूर्णरूपले पालना गर्न आग्रह गरेका छन् । डा. यादवले २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुनेछ भने दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मतगणना सुरु हुने जानकारी दिएका छन् । उनको अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । 

प्रमुख आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । 

दोस्रो चरणको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ दुई हजार ८१९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आगामी निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ । 

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लामा २१ गते साँझ ५ बजेपछि मतगणना प्रारम्भ हुनेछ भने दोस्रो चरणमा निर्वाचन भएका जिल्लामा मतपेटिका संकलन भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारसँग परामर्श गरेर समय निर्धारण गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो