2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयातित चामलको आक्रर्षणले रैथाने बालीहरु संकटमा

मंसिर १८, कालिकोट । पौष्टिक दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्यान्न बाली संकटमा पर्न थालेका छन् । 

आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ती बढेकाले यहाँका रैथाने खाद्यान्न बाली संकटमा पर्न थालेका हुन् । रैथाने बाली संकटमा पर्न थालेपछि कर्णाली क्षेत्रमा चिनो, कागुनो, कोदो, फापर, मार्सीलगायतका खाद्यान्नको बाली बचाउ अभियान सञ्चालन गरिएको छ ।

कर्णाली क्षेत्रमा जडीबुटी जन्यदेखि पोषणयुक्त प्राङ्गारिक खाद्यान्न उत्पादन नबने भए पनि प्रबद्र्धन गर्न नसकेकै कारण ओझेलमा पर्दै गरेको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष धर्मबहादुर गौतमले बताए । 

‘विश्वका ब्राउन राइस आयात गरेर खाने प्रचलन नेपालमा बढिरहेको छ, तर कर्णालीकै ब्राउन राइसको संरक्षण र प्रवद्र्धन गर्न सकिएको छैन,’ कर्णालीको विकासका लागि अभियानमा संलग्न उनले भने, ‘कर्णालीको आर्थिक स्तर स्थानीय बालीनाली प्रवद्र्धन गर्न सकेमात्रमाथि उठ्न सक्छ भनेर अभियान थालेका हौं ।’

पाँच वर्षदेखि कर्णाली प्रवद्र्धनमा लागेका उनले स्थानीय तहमा जनचेतना जगाउने र नीति निर्माताले पनि कर्णालीको विकासका बारेमा गम्भीर बन्न सके कर्णालीको विकास टाढा नरहेको बताए । कर्णालीको जुम्लालाई नेपालकै पहिलो प्राङ्गारिक जिल्ला घोषणा गरिएको र अन्य क्षेत्रमा पनि प्राङ्गारिक उत्पादन नै पाइने गरेको गौतमले बताए । 

‘कर्णालीमा उत्पादन भएका फापरको केक, कोदोको केक, कोदोको नमकिन, लट्टेको लड्डु, कोदोको हलुवा, स्याउको केक, चिनोको खिर बनाउन सकिन्छ’ उनले भने । कर्णाली मार्से, लट्टे, गुच्ची च्याउ, घोडामच्चा, गुराँस, चिनो, कागुनो, उवा, मार्से, ओखर, फापर, मार्सी चामल, ढटेलोको तेल, सीमीलगायतका उत्पादनको हुने गरेको छ ।

कृषिका लागि खाद्य अभियानका संयोजकसमेत रहेका डा. कृष्ण पौडेलले सरकारी निकाय र कार्यक्रमहरू नै कर्णालीलाई परनिर्भर बनाउन लागि परेको बताए । ‘बाहिरबाट चामल पठाएर महँगो खर्च गर्न सरकार र गैरसरकारी क्षेत्र लागि परे । 

तर यहाँको विकासमा कसैले चासो देखाएनन्,’ उनले भने, ‘यसकै फलस्वरुप कर्णालीमा पाइने विश्वमै दुर्लभ मानिएका बुटिजन्य र महत्वपूर्ण खाद्य तथा अन्य बाली संकटमा परेका छन् ।’ आफ्नै बारीको चिनो, कागुनो, कोदो, फापर छाडेर चामलमा निर्भर बनाएको सरकारले कर्णालीको महत्व नबुझेको पौडेलको आरोप छ ।

खाद्य अधिकारका अभियन्ता टिका भट्टराईले कर्णाली क्षेत्रमा पाइने बालीनालीको प्रवद्र्धनले कर्णाली क्षेत्रलाई आत्मनिर्भर मात्र नबनाई स्थानीयको स्वास्थमा पनि सकारात्मक प्रभाव पार्ने बताए । 

‘कर्णालीमा  पाइने लट्टे अति पोषकीय भएकाले स्वीटजरल्याण्डमा  महंगोमा बिक्री हुन्छ, हामीले खेती गर्न छाड्दैछौं,’ उनले भने, ‘सुक्खा सहन सक्ने, मलखाद पनि धेरै नचाइने, सिंचाइ पनि कम भए हुने यी र यस्तै अन्य खाद्यान्नको प्रवद्र्धन अति आवश्यक बनेको छ ।’ सिमी, चोदो (डल्लो मुला) लगायतका तरकारीजन्य उत्पादन प्रवद्र्धन गर्नुपर्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ