Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ मंसिर १८ गते, बिहान ११:११ बजे धादिङ्ग - DHG, समाज

दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १८, मलेखु (धादिङ) (रासस) | धुनिबेसी नगरपालिका–६ चालिसेमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।&nbsp;</p><p>विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् ।&nbsp;</p>