2026-08-16 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मदन मेमोरियल फुटबलमा तीन खेल

khel newsप्रकाश धौलाकोटी/बैशाख ४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने मदन मेलाको अवसरमा सन्चालित मदन मेमोरियल पुरुष फुटबल अन्तर्गत शनिबार क्वाटर फाइनल चरणका तीन खेल सकिएका छन् ।

शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा प्रगतिशिल तमु युवा क्लब ह्वाकु, तेह्रथुमले ध्रुबतारा युवा क्लब अमरपुर, पाँचथरलाई ० विरुद्ध ३ गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।

यस्तै अर्को खेलमा खाम्लालुङ गाविस सेतोले नमुना रानीटार युवा क्लब पाँचथरलाई ० का विरुद्ध ३ गोलले र अन्तिम खेलमा चम्किलो तारा युवा क्लब ईवा तेह्रथुमले वाईएससी लिसिबुङ सक्रान्ति, तेह्रथुमलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल चरणको अन्तिम खेल आइतबार विहान ८ बजे आयोजक र युनाइटेड क्लब हाम्पाङ ताप्लेजुङका बीच हुने जनाइएको छ ।

यस्तै शनिबारै भएको महिला फुटबल तर्फको खेलमा चम्किलो तारा युवा क्लब इवालाई २–० गोलले हराउँदै लेकसाइट स्पोटिङ क्लब ताप्लेजुङ फाइनलमा प्रवेश गरेको छ । महिला तर्फको दोस्रो सेमीफाइनल खेल आइतबार विहान ७ बजे सुर्योदय क्लब जाँते मोरङ र ग्यालेक्सी स्पोटिङ क्लब निगुरादिन ताप्लेजुङ बीच हुने मेला समितिका विनोद निरौलाले जानकारी दिए । यस्तै मेलाकै अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिता तर्फ सुभाङ पाँचथर अनुपस्थित भएपछि झापा युथ क्लब स्वतः विजयी भएको छ । अर्को खेलमा नाइटस्टार ओयाक्जुङ तेह्रथुमले ईवा गाविसलाई पराजित गरेको छ ।

पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५, महिला फुटबलतर्फ ६ र भलिबलमा ४ वटा टिम सहभागी छन् । मेलामा आयोजित मदन मेमोरियल फुटबलका विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला फुटबल र पुरुष भलिबलतर्फ विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबार लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु सन्चालन हुने आयोजकले जनाएको छ ।

२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट