११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौँ: मुख्य निर्वाचन अधिकृत शर्मा

१९ मंसिर २०७४, मंगलवार ०८:२३

मङ्सिर १९, चितवन । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । 

मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् । 

नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्काे प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न ।” 

उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो । 

मतगणना महिला मैत्री 

जिल्लाको मतगणना महिला मैत्री बनाइने भएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले गणनाको प्रारम्भमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने बताउनुभयो । राजनीतिक दललाई पनि गणनामा महिला पठाउन आग्रह गरिएको र मतगणनाका सबै चरणमा कर्मचारी तथा सुरक्षाकर्मी महिला परिचालनका लागि प्रयास हुने उहाँको भनाइ छ । 

महिला स्वभावतः शालीन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि महिला राख्न लागिएको चर्चा गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आधा सङ्ख्यामा रहेका महिलाले जिम्मेवारी पाएमा पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको हो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । 

भरतपुरको चितवन माध्यमिक विद्यालयको तीनतले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ । तीन क्षेत्रको तीनवटा तलामा गणना गरिनेछ । 

गणनास्थलमा सिसी क्यामरा जडान गर्नेबारे छलफल भइरहेको, एउटा सिफ्टमा कर्मचारी र दलका प्रतिनिधि पनि नफेरी मतगणना गरिने, र गणनास्थलमा मोबाइल, ल्यापटप लगायतका कुनै पनि उपकरण लैजान नपाउने व्यवस्था गरिँदैछ । मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन