म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
म"/>
2026-09-12 07:43 PM
काठमाडौँ - KTM

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

मङ्सिर १९, लहान । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।
उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४(ख)का प्रदेशसभा उम्मेदवार बन्नुभएका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताउनुभयो ।
“उक्त समूहले अचानक पछाडिबाट छुरा प्रहार गरेपछि मोटरसाइकलबाट लड्दा पनि थप आक्रमण ग¥यो, उम्मेदवार अलीले भन्नुभयो– “त्यसपछि आफूसँगै मोटरसाइकलमा पछाडी सवार आफ्ना सहयोगी केही पर भागेर गुहारगुहार माग्दै प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन