2026-08-27 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पाँचजना महिला स्वयम्सेविका सम्मानित

चिसाङ शेर्पा/मंसिर १९, खोटाङ । १४औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा खोटाङमा उत्कृष्ट ५ महिला स्वयम्सेविका सम्मानित भएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलभित्रका एकदेखी पाँच वडाका महिला स्वयम्सेविकाहरु सम्मानित भएका हुन् । “महिला स्वास्थ्य स्वयम्सेविकाको निस्वार्थ: स्वास्थ्य र संमृद्धि” भन्ने मुल नाराका साथमा मंगलवार जिल्ला अस्पताल, नगरपालिका तथा ओन हर्टको आयोजनामा जिल्ला अस्पतालको तालिमहलमा भएको कार्यक्रममा नगरपालिका वडा नं. १ का मेनुका आचार्य, २ का चन्द्रकला राई, ३ का शोभा खत्री, ४ का ढाका कुमारी राई र वडा नं. ५ का दुर्गा राई सम्मानित भएका हुन् । 

सम्मानित स्वयम्सेविकालाई रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसी र नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईले कदरपत्र र नगदसहित सम्मान तथा बधाई दिनुभएको थियो ।  

नियमित वडा रजिष्टार गरेका, महिला स्वयमसेविकाद्धारा घरमा वोर्ड राखे/नराखेका, नियमित बैठकमा उपस्थिती रहे/नरहेका, समुदायमा गाउँघर क्लिीनिक तथा खोप क्लिीनिकको जानकारी गराए/नगराएको, ५ वर्षमुनीका वालवालिकामा हुने निमोनिया र झाडापखाला रोगको उपचारमा संलग्न रहे/नरहेको, परिवार नियोजन साधनको वितरण तथा अनुगमन, राष्ट्रिय कार्यक्रममा सहभागी जनाए/नजनाएका, स्वास्थय संस्थामा सुत्केरी गराउँन प्रोत्साहन गराए/नगराएका र कुपोषित बच्चाको पहिचान गर्न सहयोग गरेका÷नगरेका आधारमा उनीहरु सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’