2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ नवलपरासीमा चुनावको अन्तिम तयारी

मङ्सिर १९, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ । मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । नवलपरासीमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र छन् । 

जिल्लामा कूल २३२ मतदान स्थलका ५१५ वटा मतदात केन्द्रका लागि करिब चार हजार कर्मचारी परिचालन गरिएको छ । प्रदेश नं ४ मा नवलपरासी पूर्वतर्फ प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् भने प्रदेश नं ५ मा नवलपरासी पश्चिम प्रतिनिधिसभामा दुई प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् । 

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी जिल्लामा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४६ र प्रदेशसभा सदस्यतर्फ १०५ उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् कूल चार लाख २९ हजार ९५१ मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा