२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रहरिले धरपकड गर्यो: चार विद्यालयका प्रधानाध्यापकहरु

२०७२, २२ चैत्र सोमबार २१:२५

गणेश सिर्पाली/चैत्र–२३, रुकुम । रुकुमको सिम्ली एस.एल.सी परीक्षा केन्द्रमा सहभागी चार वटा विद्यालयका शिक्षकहरुले प्रहरीले धरपकड गरेको आरोप लगाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै ४ विद्यालयका शिक्षकहरुले प्रहरीले आईतबार गणित विषयको परिक्षामा आफुहरुमाथि अमानविय व्यवहार गरेको आरोप लगाएका हुन् ।

परीक्षा सुरु हुनु भन्दा १ घण्टा पहिले नै विद्यार्थीहरुमा परेको समस्यालाई सुल्झाउन परिक्षा केन्द्रभित्र जान खोज्दा सुरक्षाकर्मीले परीक्षा आचार संहिता विपरित धरपकड गरेको विज्ञप्तीमा जनाईएको छ ।

आगामी दिनमा यस्ता क्रियाकलाप नदोहो¥याउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तै परिक्षालाई मर्यादित बनाउन सिम्ली परिक्षा केन्द्रमा सहभागी ४ ओटा विद्यालयका प्रअहरुले आफुहरुले पनि जिम्वेवारीका साथ आफ्नो दायित्व पुरा गरिरहेको र आगामी दिनमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस विषयमा केन्द्राध्यक्ष शशिराम विश्वकर्माले प्रश्नपत्र विद्यालयमा भित्रिसकेपछि अन्य व्यक्तिहरुलाई प्रवेश गर्न नदिने निमयका कारण केही समस्या देखिएको बताउनुभयो ।

सानीभेरी उच्च मावि बलिबाङ गरायलाका प्रअ अमर चन्द प्रश्नपत्र भित्रिएको थाहा नपाएर परिक्षा केन्द्र भित्र प्रवेश गर्न खोजेको र प्रहरीले प्रअ भन्ने नचिनेका कारण केही समस्या देखिएको हो, केन्द्राध्यक्ष विश्वकर्माले भन्नुभयो– ‘त्यति ठुलो समस्या केही होईन ।’

उक्त परीक्षा केन्द्रमा सूर्योदय मावि बेल्टापु, सानीभेरी उच्च मावि बलिबाङ, जनप्रिय मावि हाँसिबाङ र मावि मेलचौर दुलीका विद्यार्थीहरुले एसएलसी दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ