Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

६ महिनापछी खोटाङ सेवा समाज कतारको एम्बुलेन्स सञ्चालनमा

२०७४, २० मंसिर बुधबार ०३:०४

चिसाङ शेर्पा/मंसिर २०, खोटाङ । खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछी सञ्चालनमा आएको छ । 

समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी चलेकोे हो । मंगलवार बिरामी लिएर एम्बुलेन्स राजधानी पुगेको छ । 

करीव साढे १२ लाखको लागतमा खरीद गरिएको एम्बुलेन्स खोटाङ सेवा समाज कतारले गएको जेठ १० गते दिक्तेलमा हस्तान्तरण गरेको थियो । कम्पनीको नियमानुसार २८ सय किलोमिटर गुडेको गाडी सर्भिस गर्नुपर्ने हुन्छ । हस्तान्तरण भएको भोलिपल्ट रि,सर्भिसिङ गर्न एम्बुलेन्स काठमाण्डौ पठाइयो तर, कम्पनीले तीनदिनभित्र सर्भिस गर्ने भनेको दुई हप्ता बिताईदियो खोटाङ एकता सेवा समाज खोटाङका अध्यक्ष माधव राईले बताए । 

सर्भिसिङ जेठ १९ गते सकियो, यता खोटाङ र ओखलढुंगाको जयरामघाटमा लगाईएको बेलिबृज जेठ १५ मा निकाली सकेको थियो । एम्बुलेन्स जिल्ला ल्याउन नसक्दा काठमाण्डौमा ६ महिना थन्कनुप¥र्यो राईले भने । अब, ढिलै भए पनि एम्बुलेन्स चल्न शुरु गरेको छ । यसले खोटाङे सबैलाई राहत पुग्ने छ । 

कतारमा रहेका आम खोटाङे तथा गैर खोटाङेको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले काठमाण्डौ, तराई, भोजपर र जिल्लाका विभिन्न स्थानमा सुविधा दिने एम्बुलेन्स सञ्चालक समिती संयोजक उद्धब आचार्यले बताए । जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादरमा एम्बुलेन्स जिल्लावासीले उपभोग गर्न पाउछन् । उनले भने “एम्बुलेन्सले जिल्लाका बिरामीलाई थप सुविधा पुग्नेछ । भाडा तिर्न नाजुक अवस्था भएका बिरामीलाई सुचना पाए सित्तैमा सेवा दिईनेछ ।”   

यसरी जु¥र्यो एम्बुलेन्स खरीद गर्ने साईत

खोटाङ सेवा समाज कतारले सन् २०१५ जनवरीमा समाजको तर्फवाट अन्तराष्ट्रिय समन्वयन परिषद गल्फ उपसंयोजक खोटाङ ज्यामिरेका उमेश अधिकारी र गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद कतारका (२०१५–२०१७) अध्यक्ष बाकाचोल खोटाङका विनेश तामाङलाई बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो ।

त्यही कार्यक्रमवाट नै खोटाङलाई यौटा एम्बुलेन्स खाँचो छ भन्ने कुरा बाहिर आयो समाजका दितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले कतारबाट जानकारी दिनुभयो । हामीले ३ महिना समाजका साथीहरुसंग आन्तरिक छलफल ग¥र्यौ । सन् २०१५ अप्रिल एकमा भनभोज कार्यक्रम राखेर अप्रिल फस्टवाट आर्थिक संकलन गर्न थालेका हौ अध्यक्ष आचार्यले बताए । 

सन् २०१७ अप्रिल एकवाट नै हामीले चलिरहेको आर्थिक संकलन अभियान वन्द ग¥र्यौ । दुईवर्षको अवधिमा करिव साढे १२ लाख मुल्य पर्ने एम्बुलेन्स खरिदगरी खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन गर्नेगरी जिल्लालाई एम्बुलेन्स दिएका हौ । अभियानवाट संकलित चार लाख रकम कोषमा रहेको छ । उनले भने, ‘त्यो पैसालाई स्वास्थ्य क्षेत्रमा नै लगाउने छौ ।’ 

समाजको यस्तो छ, भावि योजना

खोटाङ सेवा समाज कतारसँग आगामी दिनमा खोटाङको पर्यटकीय स्थल तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने त्रिधार्मिक स्थल हलेसीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना छ ।

नेपाली मिडियावाट हामी सक्ने प्रचार गर्नेमा एकजुट भईरहेका छौ । व्यापक प्रचार गरेमा आन्तरिक तथा वाह्य पर्यटक भित्रनेछन् । पर्यटक धेरै तान्न सके हामी आफै धेरै धनी वन्न सक्नेछौ । 

समाजका पदाधिकारीहरु

रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा खोटाङ सेवा समाज कतारको स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक कामहरु गरेको रेर्कड छ ।  

खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेल १ अस्पताल चोकका रुद्र शर्मा आचार्य हुन् । 

समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ (पवन) सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी