2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रिय मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

भास्कर केसी/मंसिर २०, कञ्चनपुर । प्रतिनिधि तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचन अनुगमनको शिलशिलामा कञ्चनपुरमा राष्ट्रिय मानव अधिकारको निर्वाचन परिवेक्षक टोली आइपुगेको छ । 

राष्ट्रिय मानव अधिकारका आयुक्त सुदिप पाठक, आयोगका क्षेत्रिय निर्देशक दिपक जंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला प्रवेक्षक उमा जोशी लगायतको टोली कञ्चनपुर आइपुगेको हो ।

निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था निर्वाचन आचार संहिता परिपालना भए नभएको विषयमा आयोगले प्रमुख जिल्ला अधिकारी सँग जिल्लाको सुरक्षा सम्बन्धी जानकारी लिएको छ । 

निर्वाचन आयोगले यस भन्दा पहिले भएको निर्वाचनमा भन्दा यसपालिको निर्वाचामा आचार संहिता को केही हद सम्म पालना गर्न सफल भएपनि पुर्ण रुपमा पालन गर्न नसकेको साथै सार्वजनिक स्थलमा जथाभावि प्रर्चा पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार समाग्रि पत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्डाईकोले यसलाई पनि तुरुन्त हटाई आचार संहिताको पालन गर्नु पर्ने बताउनु भयो ।

सबै मतदान स्थलमा कर्मचारी खटाई सकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन समाग्री लगायत समग्र तयारी भैसकेकोले निर्वाचनमा मतदाताले कुनै पनि डर त्रास नमानि आफ्नो मत अधिकार प्रयोग गर्न प्रमुख जिल्ला अधिकारले आफ्नो छलफलमा बताएको राष्ट्रिय मानव अधिकारका आयुक्त पाठकले बताउनु भयो ।

केही राजनीतिक आस्था राख्ने पार्टीबाट आतंक र भयको श्रृजना भएको छ । नेपाल क्म्युनिष्ट पार्टीले यस्तो हिंसात्मक कार्य गरिरहेकोले यस्ता घटनाहरु रोक्नु पर्छ । 

वार्ता र सम्वाद बाट समस्याको समाधान गरी शान्ति पक्रियमा आउनु पर्ने  विपल्व लाई यस्तो घटना नर्गन साथै प्रहरीले पनि कुनै घटना नघटी शंककाको भरमा पढाउर्दै गरेका शिक्षक, पत्रकार, पुर्व आस्था बोकेको आधारमा १२ सय देखि १६ सय सम्म व्यक्तिलाई थुनेर राखेको र तिनलाई पनि विना कसुर कसैलाई थुन्न नहुने हुदाँ तुरुन्त रिहाइ गर्नु पर्नेमा आयोगले जोड दिएको छ । मौन अवधिमा भर भ्रामक कुराहरु नर्गन राजनीतिक दललाई पनि आग्रह गर्नु भयो ।

निर्वाचनमा मतदाताले शान्तिपुर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण श्रृजना गर्ने दायित्व राज्यको भएकोले सबै क्षेत्रमा मतदाताले शान्तिपुर्ण मतदान गर्न पाउनु पर्छ, गर्भवति महिला, वृद्ध, अपाङ्ग जस्ता व्यक्तिहरुलाई सहज रुपमा मतदान गर्ने वतावरण बनाउनु आयोगका क्षेत्रिय निर्देशक कार्कीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा