Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय

By kit 2 मिनेट पढाइ

<p><b>मङ्सिर २०, लहान ।</b> सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।&nbsp;<br></p><p>लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।&nbsp;</p><p>संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहनुभएका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । रासस&nbsp;&nbsp;</p>