२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जना पक्राउ

२०७४, २० मंसिर बुधबार ०७:०७

मङ्सिर २०, राजविराज  । दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ । 

नेपाल–भारत सीमा नाका बन्द 

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिनुभयो । 

नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ । 

मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गर्नुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ । 

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उहाँले बताउनुभयो । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा