2026-10-18 10:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मदन मेमोरियल फुटबल प्रतियोगिताको फाइनलमा खाम्लालुङ सेतो र चम्किलो भिड्ने

प्रकाश धौलाकोटी/ बैशाख ५, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा र खाम्लालुङ गाविस सेतो भिड्ने भएका छन् ।

आइतबार भएको खेलमा प्रगतिशील तमु युवा समुह ह्वाकुलाई ट्राईबेकरमा पराजित गर्दै चम्किलोले आफ्नो फाइनल यात्रा तय गरेको हो । यस्तै मदन मेला आयोजक समितिलाई २–१ गोल अन्तरले पराजित गर्दै खाम्लालुङ गाविस सेतो फाइनलमा उत्रिएको मेला आयोजक समितिका महेन्द्र बिमलीले जानकारी दिनुभयो । यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्ग र जाँते मोरङ फाइनलमा उत्रिएका छन् ।

सोमबार दुवैतर्फको उपाधिकालागि फाइनल खेल हुने र पुरस्कार वितरण लगायत कार्यक्रमसँगै मेला सम्पन्न हुने आयोजकले जनाएको छ ।
पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ टिम सहभागी भएकोमा विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला फुटबलतर्फ विभिन्न ६ टिम सहभागी भएकोमा विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने मेला आयोजक समितिका विमलीले बताउनुभयो ।

पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु