२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतको एक मतदान केन्द्र नेकपाको कब्जामा

२०७४, २० मंसिर बुधबार ११:३४

मङ्सिर २०, सुर्खेत । सुर्खेतको बराहक्षेत्र गाउँपालिका ३ भेरीचङ्गा मावि मतदान केन्द्र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

गएराती भेरीचंगा गाउँपालिका मावि मतदान केन्द्रका सबै मतपेटिका लगायत निर्वाचन सामाग्री र कर्मचारी कब्जामा लिएका हुन् । मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री जलाएर त्यहाँ भएका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर आज ससम्मान रिहा गरिदिएका छन् ।

मतदान केन्द्रको सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिएका थिए । उनीहरुले सेन्ट्रीमा बसेका एक सुरक्षाकर्मीलाई नियन्त्रण लिएर बाहिरबाट ताला लगाएका थिए ।

नेताहरुले चुनावका बेलामा ठुला-ठुला सपनाहरु बाड्ने र चुनाव जितेर गएपछि गाउँ फर्केर पनि नआउने भएकाले स्थानियसहितको टोलीले  मतपेटिका जलाईदिएको बताइएको छ । 

उक्त ठाउँमा अहिलेसम्म पनि मोटर बाटो र झुलुङ्गे पुल समेत बन्न सकेको छैन । ३ मतपेटिका जलाइएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरीको टोली थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल